मसिंर ६ गते ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना हुने

नेपालमा दोस्रो पटक ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना हुने भएको छ । मसिंर ६ गते होटल सोल्टीमा अयोजना हुन लगोको उक्त शो अटोमोटिभि कम्पोनेन्ट म्यानुफ्याकचर्रस एसोसियसन(एक्मा) इन्डियाले नाडासंगको सहकार्यमा गर्न लागेको हो । सन् २०१९ मा होटल सोल्टीमै पहिलोपटक अयोजना गरिएको उक्त शो हरेक बर्ष अयोजना गर्ने योजाना हुँदाहुँदै पनि कोरोनाका कारण हुन सकिरहेको थिएन ।

एकदिनका लागी मात्र अयोजना गर्न लागिएको यो शोमा भारतबाट बिभिन्न ब्रान्डका ओइएम पार्टस उत्पादन गर्ने कम्पनीको सहभागित रहने नाडाका महासचिब सुनिल रिजालले बताए । उनका अनुसार शोमा नेपालस्थित आधिकारिक बितरकको समेत उल्लेख्य सहभागीता रहनेछ ।

भारतीय बजारमा उत्पादन हुने स्पेयर पार्टस्का बारेमा नेपालस्थित बिक्रेतालाई जानकारी प्रदान गर्नु यो शोको मूख्य उद्देश्य रहने रिजालले जानकारी गराए । उनले भने, ‘यो शोमा कतिपय नेपाल नभित्रिएका ब्रान्डले समेत सहभागीता जनाउने हुँदा नयाँ ब्रान्डसंग जोडिएर ब्यावसाय गर्न इच्छुक नेपाली ब्यावसायीले अबसर समेत पाउनेछन् ।’

शोमा २ दर्जन हाराहारी स्टलहरु रहने र नेपाली बिक्रेताले कम्पनीका प्रतिनिधीहरुसंग अन्तरक्रिया समेत गर्न पाउनेछन् । साथै नेपाल र भारतबिच हुने यस्ता पार्टस्को कारोबारलाई कसरी पारदर्शी बनाउने भन्ने बिषयमा समेत छलफल हुने रिजालले बताए ।

सम्बन्धित समाचारहरू

नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको...

गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

अमरज्योति रञ्जित भन्छन् : यसरी बचाउँछ क्यास्ट्रोलको थ्रीएक्स प्रविधिले बाइकको इन्जिन

अमरज्योति रञ्जित भन्छन् : यसरी बचाउँछ क्यास्ट्रोलको थ्रीएक्स प्रविधिले बाइकको इन्जिन

बजारमा उपलब्ध विभिन्न ब्रान्डका इन्जिन आयल मध्ये क्यास्ट्रोलको नाम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...