भारतमा निर्मित रेन्ज रोभर स्पोर्टको डेलिभरी सुरु, मूल्य १ करोड ४० लाख भारु

ज्यागुअर ल्यान्ड रोभरले भारतमा निर्मित रेन्ज रोभर स्पोर्टको डेलिभरी सुरु गरेको घोषणा गरेको छ । स्थानीय स्तरमा निर्मित रेन्ज रोभर स्पोर्ट यसै वर्ष मे महिनामा लन्च गरिएको थियो । डायनामिक एसई ट्रिममा उपलब्ध एसयूभीको मूल्य १ करोड ४० लाख भारु निर्धारण गरिएको छ ।

भारतमा निर्मित रेन्ज रोभर स्पोर्ट दुई इन्जिन विकल्पमा उपलब्ध रहँदै आएको छ । यसमा जडान गरिएको ३.०–लिटर, ६–सिलिन्डर पेट्रोल इन्जिनले ३९४ बीएचपी र ५५० एनएम तथा ३.० लिटर, ६–सिलिन्डर डिजेल इन्जिनले ३४६ बीएचपी पावर र ७०० एनएम टर्क जेनेरेट गर्दछ ।

रेंज रोभर स्पोर्ट एमएलए–फ्लेक्स प्लेटफर्ममा आधारित छ र यसमा डायनामिक एयर सस्पेन्सन र एडप्टिभ अफ–रोड क्रूज कन्ट्रोल जस्ता अत्याधुनिक फिचर दिइएको छ । एसयूभीमा सफ्ट–क्लोज डोर, ४–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर सिट इन्टरटेन्मेन्ट, हिटेड एन्ड भेटिलेटेड फ्रन्ट सिट, १३.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ३६० डिग्री क्यामेरा जस्ता सुविधाहरू छन् ।

रेन्ज रोभर स्पोर्ट बाहेक ज्यागुअरले आफ्नो पुणे प्लान्टमा इभोक, भेलार, डिस्कभरी स्पोर्ट र जगुआर एफ–पेसलाई पनि एसेम्बल गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...