बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
जीपले आज भारतीय बजारमा ‘अल न्यू ग्रान्ड चेरोकी’ एसयूभी लन्च गरेको छ । भारतीय बजारमा पहिल्यैदेखी उपलब्ध यो प्रिमियम एसयूभीलाई यसपटक भने जीपले भारतमै एसेम्वल गरी लन्च गरेको हो । यो एसयूभीको मूल्य ७७ लाख ५० हजार भारु निर्धारण गरिएको छ ।
यो नयाँ एसयूभीको फ्रन्टमा जीपले सेभेन स्लट ग्रिल दिएको छ । जसले जीपको मैलिक लुक्सलाई झल्काएको प्रष्ट हुन्छ । यसमा दिइएको स्लिक एलइडी हेड ल्याम्प, टु–वक्स प्रोफाइल र सि–पिल्लरमा दिइएको व्ल्याक आउट भागले गाडीको अग्र भागलाई आकर्षक देखाएको छ ।
यो एसयूभीमा जीपले २.० लिटर फोर सिलिन्डर टर्वो पेट्रोल इन्जिन जडान गरेको छ । जसले २७२ एचपी पावर र ४०० एनएमको पिक टर्क जेनेरेट गर्दछ । यो एसयूभीमा ८ स्पिड गियर वक्स दिइएको छ भने फोर ह्विल ड्राइभ सिस्टम पनि उपलब्ध छ । यसलाई अटो, स्पोर्ट स्यान्ड÷मड र स्नो मोडमा चलाउन सकिन्छ ।
नयाँ चेरोकीको इन्टेरियरमा मल्टिपल स्क्रिनको साथै आधुनिक र सुविधासम्न्न फिचर उपलब्ध गराइएको छ । ड्यासवोर्डको विच भागमा १०.१ इन्चको टचस्क्रिन र फ्रन्ट प्यासेन्जरको अगाडी पनि सोही आकारको डिस्प्ले दिइएको छ । साथै १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १० इन्चको हेड अप डिस्प्ले, वायरलेस चार्जिङ प्याड, रियर सिट इन्टरटेन्मेन्ट स्क्रिन, पानारोमिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट र पावर टेलगेट लगायत फिचर्स समेत सामेल गरिएको छ । गाडीको इन्टेरियरमा स्तरिय काठ र लेदरको आकर्षक संयोजन देख्न सकिन्छ ।
५ सिट क्षमतको यो एसयूभीले बजारमा ज्यागुअर एफ–पेस, भल्भो एक्ससी९०, रेन्ज रोभर भेलार, मर्सिडिज वेन्ज जिएलई, औडी क्यू७ र विएमडव्लु एक्स५ लगायत मोडलसंग प्रतिस्पर्धा गर्ने जनाइएको छ । ग्रान्ड चेरोकी नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । यसअघि अमेरिकाबाट आयत गरी विक्रीवितरण हुँदै आइरहेको यो एसयूभी अव उप्रान्त भने भारतबाटै आयत हुनसक्ने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...