रेनोले ल्यायो नयाँ ७ सिटर एसयूभी, भारतमा अर्को वर्ष लन्च हुने

रेनोले आफ्नो नयाँ ७ सिटर एसयूभी बाेरियल लन्च गरेको छ । विश्व बजारका लागि लन्च गरिएको सो एसयूभी भारतीय बजारमा अर्को वर्ष लन्च हुनेछ ।

कार्डियन प्लेटफर्ममा आधारित बोरियलको लम्बाई ४.५० मिटर र चौडाई १.८४ मिटर छ भने ह्विलवेश २.७ मिटर छ ।

एसयूभीको बाहिरी भागमा नोभेलआर लोगो, अद्वितीय एलईडी डीआरएल इलिमेन्ट भएको एलईडी हेडलाइट, एलईडी फग ल्याम्प सेट र फराकिलो एयर ड्यामको साथ आकर्षक डिजाइन दिइएको छ ।

एसयूभीको छेउमा शार्प लाइन भएका फ्लेर्ड ह्वील आर्च राखिएको छ भने पछाडिको ढोकाका लागि सी–पिल्लरमै डोर ह्यान्डल माउन्ट गरिएको छ ।

कारको इन्टेरियरमा १० इन्चको टचस्क्रिन, थ्री स्पोक स्टेयरिङ ह्विल, डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ, मेमोरी फंक्शन सहितको इलेक्ट्रिकली एडजस्टेबल फ्रन्ट सिट, ड्राइभर सिटको लागि मसाज फंक्शन र हर्मन कार्डन साउन्ड सिस्टम जस्ता सुविधाहरू छन् ।

सुरक्षाका लागि लेभल२ एडास फिचर दिइएको सो एसयुभीमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम, लेन किपिङ असिस्ट एन्ड एडाप्टिभ क्रुज कन्ट्रोल, ह्यान्ड्स–फ्री पार्किङ र ३६०–भ्यू क्यामेरा जस्ता सेफ्टि फिचर राखिएको छ ।

१.३ लिटर क्षमताको टर्बो चार्ज्ड फ्लेक्स–फ्युल इन्जिन जडान गरिएको बोरियलले २७० एनएम टर्क र १६० बीएचपी पावर जेनेरेट गर्दछ । इन्जिनलाई ६स्पीड डुअल क्लच अटोमेटिक गियरबक्ससँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

दसैं तिहार जस्ता चाडपर्व नजिकिदै छन् । आगामी असोजको दोस्रो साता देखि...

रेनो क्विड तीन भेरिएन्टमा उपलब्ध : यस्तो छ नेपाली बजारमा रेनोका विभिन्न मोडलको मूल्य

रेनो क्विड तीन भेरिएन्टमा उपलब्ध : यस्तो छ नेपाली बजारमा रेनोका विभिन्न मोडलको मूल्य

काठमाडौं – नेपाली बजारमा रेनोका विभिन्न मोडल बिक्री भइरहेका छन् । नेपालका...

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...