स्कोडाले ल्यायो इन्फोटेन्मेन्टबाटै इन्धनको विल भुक्तानी गर्न मिल्ने नयाँ फिचर
स्कोडाले कारमा जडित इन्फोटेन्मेन्टबाटै इन्धनको बिल भुक्तानी गर्न मिल्ने...
यो वर्षको ८ महिनामा स्कोडाले भारतमा कीर्तिमानी सेल्स रेकर्ड हासिल गरेको छ । जनवरीदेखी आगस्टसम्म कुल ३७ हजार ५६८ कार बिक्री गरेको स्कोडाका लागी भारत तेस्रो ठूलो बजार वनेको छ । जुन सोही समय अवधिमा जर्मन र चेक रिपव्लिकमा बिक्री भएको संख्यापछि तेस्रो धेरै हो । अगष्ट महिनमा मात्र यो व्रान्डले भारतमा कुल ४ हजार २२२ युनिट कार बिक्री गरेको थियो । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १० प्रतिशतले बढी हो ।
अघिल्लो वर्षमा बिक्री भएको कुल संख्या भन्दा बढी गाडी यो वर्षको ८ महिनामै बिक्री भएपछि भारतीय बजारमा यो व्रान्डको उपस्तिथी अझै बलियो वन्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनमा बिक्री दोव्वरले बृद्धि हुने अनुमान लगाइएको छ । जसले स्कोडाको विश्वव्यापी बजार हिस्सामा सुधार ल्याउन मद्धत गर्नेछ ।
केही समयअघिमात्र लन्च भएका २ नयाँ कार कुशाक र स्लाभियालाई भारतीय ग्राहकले रुचाउन थालेपछि स्कोडाको बजारमा सुधार आउन थालेको हो । यी गाडीको माग भारतमा अहिले पनि उच्च रहँदै आएको छ भने नेपालसहित अन्य छिमेकी राष्ट्रहरुमा समेत लोकप्रिय वनिरहेका छन् । कम्पनीले अर्को वर्ष सुपर्व र कोडियाकको नयाँ जेनेरशेन लन्च गर्ने तयारी गरिरहेको छ ।
साथै यो व्रान्डको पहिलो इलेक्ट्रिक कार इनायक आइभी ४ को समेत अहिले रोड टेष्ट भैरहेको छ । यो कारलाई उसले भारतीय बजारमा अर्को वर्ष लन्च गर्ने तयारी गरिरहेको छ । इलेक्ट्रिक र कम्वस्चन दुवै सेग्मेन्टका गाडीमा जोड दिँदै आगामी दिनमा भारतीय बजारमा दह्रिलो बजार हिस्सा ओगट्ने कम्पनीले योजना बनाएको छ ।
स्कोडाले कारमा जडित इन्फोटेन्मेन्टबाटै इन्धनको बिल भुक्तानी गर्न मिल्ने...
काठमाडौं – नेपालमा ग्रेटवाल र ह्यावलका गाडीहरु बिक्री–वितरण गरिरहेको...
एसयूभी वा एमपीभी कारमा जस्तै अन्य कुनै पनि कारमा राम्रो ग्राउन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...