२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

विश्वको तेस्रो ठूलो अटो बजार भारत अव ईभी उत्पादनमा समेत आक्रमक बन्ने भएको छ । भारत सरकारले सन् २०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने महत्वकांक्षी लक्ष्य लिएको हो ।

भारत सरकारको सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले भारत २०३० सम्ममा विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन उत्पादक बन्ने तय भएको बताएका छन् ।

‘जब हाम्रो सरकार २०१४ मा सत्तामा आयो, मैले विद्युतीय सवारी साधनको बारेमा कुरा गरेको थिएँ । त्यतिबेला कसैले विश्वास गरेनन्, तर आज यो वास्तविकता हो’, गडकरीले भने ।

‘त्यतिबेला भारतीय अटोमोटिभ उद्योगको मूल्य १४ लाख करोड रुपैयाँ थियो । हालसालै, यो बढेर २२ लाख करोड रुपैयाँ पुगेको छ । जसले जापानलाई उछिन्दै अमेरिका र चीन पछि विश्वको तेस्रो ठूलो अटोमोबाइल बजार बनेको छ’ मन्त्रीले भने, ‘अब, हामीले २०३० सम्ममा विश्वको विद्युतीय सवारी साधनको नम्बर १ निर्माता बन्ने लक्ष्य राखेका छौं ।’

ब्याट्री प्रविधि द्रुत गतिमा विकसित भइरहेको र लिथियम–आयन ब्याट्रीहरू सस्तो हुँदै जाँदा विद्युतीय सवारी साधनहरूको लोकप्रियता बढ्दै जाने विश्वास गडकरीको छ ।

सम्बन्धित समाचारहरू

खारेज भयो एप्पल कार प्रोजेक्ट, अब एप्पलले कार नबनाउने

खारेज भयो एप्पल कार प्रोजेक्ट, अब एप्पलले कार नबनाउने

अरबौं खर्च गरिएको, धेरै नेतृत्व परिवर्तन भएको र अनगिन्ती अफवाहहरूका साथ...

सांघाई अटो एक्सपो २०२३, पहिलो पटक देख्न पाइनेछ यी इलेक्ट्रिक कार

सांघाई अटो एक्सपो २०२३, पहिलो पटक देख्न पाइनेछ यी इलेक्ट्रिक कार

विश्वको सवैभन्दा ठूलो मध्ये एक मानिने सांघाई अटो एक्सपो दुई दिनपछि शुरु...

नेटा भीको मासिक किस्ता ५२ हजार, डाउनपेमेन्ट  ७ लाख ६० हजार, प्रतिकिलोमिटर ५० पैसा खर्च

नेटा भीको मासिक किस्ता ५२ हजार, डाउनपेमेन्ट ७ लाख ६० हजार, प्रतिकिलोमिटर ५० पैसा खर्च

फाइनान्स सुविधामा नेटा भी खरिद गर्न चाहने ग्राहकले मासिक किस्ता ५२ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...