२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

विश्वको तेस्रो ठूलो अटो बजार भारत अव ईभी उत्पादनमा समेत आक्रमक बन्ने भएको छ । भारत सरकारले सन् २०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने महत्वकांक्षी लक्ष्य लिएको हो ।

भारत सरकारको सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले भारत २०३० सम्ममा विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन उत्पादक बन्ने तय भएको बताएका छन् ।

‘जब हाम्रो सरकार २०१४ मा सत्तामा आयो, मैले विद्युतीय सवारी साधनको बारेमा कुरा गरेको थिएँ । त्यतिबेला कसैले विश्वास गरेनन्, तर आज यो वास्तविकता हो’, गडकरीले भने ।

‘त्यतिबेला भारतीय अटोमोटिभ उद्योगको मूल्य १४ लाख करोड रुपैयाँ थियो । हालसालै, यो बढेर २२ लाख करोड रुपैयाँ पुगेको छ । जसले जापानलाई उछिन्दै अमेरिका र चीन पछि विश्वको तेस्रो ठूलो अटोमोबाइल बजार बनेको छ’ मन्त्रीले भने, ‘अब, हामीले २०३० सम्ममा विश्वको विद्युतीय सवारी साधनको नम्बर १ निर्माता बन्ने लक्ष्य राखेका छौं ।’

ब्याट्री प्रविधि द्रुत गतिमा विकसित भइरहेको र लिथियम–आयन ब्याट्रीहरू सस्तो हुँदै जाँदा विद्युतीय सवारी साधनहरूको लोकप्रियता बढ्दै जाने विश्वास गडकरीको छ ।

सम्बन्धित समाचारहरू

ग्रेटवालका गाडी किन्दा शानदार नववर्ष २०८१ को अफर : मोडल अनुसार १० लाख सम्म छुट

ग्रेटवालका गाडी किन्दा शानदार नववर्ष २०८१ को अफर : मोडल अनुसार १० लाख सम्म छुट

काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर अर्थात जीडब्लुएमको आधिकारिक वितरक...

नेपालमा लन्च तयारीमा रहेको प्रोटोन इमास ७ ले मलेसियामा हासिल ग-यो १००० डेलिभरी माइलस्टोन

नेपालमा लन्च तयारीमा रहेको प्रोटोन इमास ७ ले मलेसियामा हासिल ग-यो १००० डेलिभरी माइलस्टोन

मलेसियामा हालै लन्च भएको ईभी प्रोटोन इमास ७ ले १ हजार युनिट डेलिभरी...

खारेज भयो एप्पल कार प्रोजेक्ट, अब एप्पलले कार नबनाउने

खारेज भयो एप्पल कार प्रोजेक्ट, अब एप्पलले कार नबनाउने

अरबौं खर्च गरिएको, धेरै नेतृत्व परिवर्तन भएको र अनगिन्ती अफवाहहरूका साथ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...