एमजीलाई पछि पार्दै महिन्द्रा दोस्रो स्थानमा, टाटाको दबदबा कायमै

इलेक्ट्रिक सवारी साधनको माग उल्लेखनीय रुपमा वृद्धि भइरहेको छ । भारतमा जुन २०२६ मा कुल ३१ हजारभन्दा बढी इलेक्ट्रिक यात्रुवाहक सवारीसाधन दर्ता भएका छन्, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १०० प्रतिशतले बढी हो।

जुन महिनामा टाटा मोटर्सले इलेक्ट्रिक सवारी बजारमा आफ्नो अग्रता कायम राख्दै पहिलो स्थान हासिल गरेको छ। कम्पनीले करिब १० हजार सवारी बिक्री गर्दै ३८ प्रतिशतभन्दा बढी बजार हिस्सा आफ्नो पक्षमा पारेको छ। नेक्सन ईभी, पन्च ईभी, टियागो ईभी र कर्भ ईभी जस्ता मोडलको मागले टाटालाई थप मजबुत बनाएको हो।

महिन्द्राले सो महिना दोस्रो स्थान हासिल गरेको छ । कम्पनीले जुन महिनामा करिब ६ हजार ८ सय सवारी बिक्री गर्दै एमजी मोटर्सलाई पछि पारेको छ । कम्पनीको बीई ६, एक्सईभी ९ई र एक्सयूभी ४०० जस्ता इलेक्ट्रिक मोडल उल्लेखनीय वृद्धि भएको बताइएको छ। आकर्षक एसयूभी स्टाइलिङ, पावरफुल परफर्मेन्स र विस्तार हुँदै गएको डिलर सञ्जालका कारण महिन्द्रा प्रिमियम इलेक्ट्रिक सवारी खरिदकर्तामाझ लोकप्रिय बन्दै गएको छ।

जेएसडब्ल्यू एमजी मोटर्सले करिब ५ हजार १ सय सवारी बिक्री गर्दै तेस्रो स्थान हासिल गरेको छ। विन्डसर ईभी र जेडएस ईभी जस्ता मोडलले कम्पनीको बिक्रीलाई मजबुत बनाएको छ । आकर्षक डिजाइन, आधुनिक सुविधा र उचित मूल्यका कारण एमजीले मिड सेगमेन्टमा आफ्नो उपस्थिति अझ बलियो बनाएको छ। कम्पनीले आगामी दिनमा थप नयाँ इलेक्ट्रिक मोडल लन्च गर्ने तयारी पनि गरिरहेको छ।

मारुती सुजुकीले करिब १ हजार ९ सय इलेक्ट्रिक सवारी बिक्री गर्दै चौथो स्थानमा हासिल गरेको छ। ई–भिटाराको माध्यमबाट इलेक्ट्रिक बजारमा प्रवेश गरेको कम्पनीले छोटो समयमै उल्लेखनीय प्रगति गरेको हो।

भिनफास्टले जुन महिनामा करिब १ हजार ३ सयदेखि १ हजार ४ सयसम्म सवारी बिक्री गरी पाँचौं स्थानमा रहेको छ। कम्पनीले भीएफ ६ र भीएफ ७ जस्ता मोडल बिक्री गर्दै आइरहेको छ । कम्पनीले छोटो समयमै सकारात्मक प्रतिक्रिया पाएको छ। भिनफास्टले आगामी दिनमा आफ्नो बजार विस्तारलाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ।

शीर्ष पाँच कम्पनीबाहेक जुन महिनामा बीवाईडीले ८६८ सवारी बिक्री गरेको छ भने कियाले ४४९, हुन्डाईले ३४८, टोयोटाले ३२ र सिट्राेनले २४ इलेक्ट्रिक सवारी बिक्री गरेका छन्।

सम्बन्धित समाचारहरू

भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर

भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर

काठमाडौं– जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय...

हुवावेको ड्राइभर असिस्टेन्स सिस्टम ८० भन्दा बढी सवारी मोडलमा प्रयोग हुने, २०३० सम्म ३० लाख युनिट पुग्ने

हुवावेको ड्राइभर असिस्टेन्स सिस्टम ८० भन्दा बढी सवारी मोडलमा प्रयोग हुने, २०३० सम्म ३० लाख युनिट पुग्ने

चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेले आफ्नो ड्राइभर असिस्टेन्स सिष्टम...

३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको प्रिमियम एमपीभी

३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको प्रिमियम एमपीभी

चीनको बीवाईडी अटो र मर्सिडिज–बेन्जको ज्वाइन्ट भेन्चरको रुपमा रहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...