बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – सवारी साधनको बिक्री घटेपछि यसको प्रत्यक्ष असर मोटर विमा व्यापारमा देखिएको छ । निर्जीवन बीमा व्यवसायमा सबैभन्दा धेरै हिस्सा भएको मोटर बीमा व्यापारमा गिरावट देखिएको हो ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार चैत मसान्तसम्ममा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको मोटर बीमा मार्फत संकलन हुने बीमा शुल्क ६.०५ प्रतिशत घटेको छ ।
गत आवको चैत मसान्तसम्ममा कम्पनीहरुले मोटर बीमा मार्फत ९ अर्ब ८८ करोड ७६ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, यो वर्षको सोही अवधिमा भने घटेर ९ अर्ब २८ करोड ९२ लाख कायम भएको छ ।
हाल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३०.८० प्रतिशत छ । तर, सर्वाधिक हिस्सा ओगट्ने मोटर बीमा व्यापारमा संकुचन देखिएको हो । समिक्षा अवधिमा मोटर बीमालेख बिक्री पनि घटेको छ ।
मोटर बीमालेख बिक्री गत वर्षको तुलनामा ७४ हजार ३२० वटा कमी आएको हो । चालु आवको ९ महिनामा कम्पनीहरुले कुल १३ लाख ८ हजार ७५१ वटा मोटर बीमालेख बिक्री गरेका छन् । तर, गत आवको चैत मसान्तसम्ममा भने कम्पनीहरुले १३ लाख ८३ हजार ७१ वटा मात्रै बीमालेख बिक्री गरेका थिए ।
नेपालमा सवारी साधान खरिद गरेपछि अनिवार्य रुपमा बीमा गर्नुपर्छ । तर, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले गर्दा सवारी साधानहरुको खरिदबिक्री घटेको छ । जसले गर्दा मोटर बीमा व्यवसाय पनि घटेको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...