ग्रेटवालका विभिन्न ब्रान्डका सवारी साधन खरिद गर्न ग्लोबल आईएमई बैंकले कर्जा उपलब्ध गराउने
काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपालका लागि ग्रेटवाल मोटर्सको...
काठमाडौँ - आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेसनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ।
आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बिचको सहकार्यमा थप ऊर्जा भरेको कम्पनीले बताएको छ। उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आईएमई मोटर्सको दस वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको छ।
यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुर्याएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको समेत कम्पनीको भनाइ छ ।
आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो पुरस्कार कम्पनीका प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए। भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने पनि सर्भिस प्रमुख श्रेष्ठले उल्लेख गरे ।
आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुदाँ आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताए । निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न यो अवार्डले थप उत्साह थपेको कार्यकारी निर्देशक ढकालले उल्लेख गरे ।
अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले अशोक लेल्यान्डसँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबुत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए।
अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ।
यो सम्मान आइएमई मोटर्सको मात्र नभई सम्पूर्ण नेपाली अटो क्षेत्रका लागि पनि गौरवको विषय भएको समेत कम्पनीको भनाइ छ ।
काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपालका लागि ग्रेटवाल मोटर्सको...
अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले अधिक...
काठमाडौं – अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले सबै अशोक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...