आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले नेपाली बजारमा ल्यायो लेपावर जेनसेट

काठमाडौँ - कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ । लेपावर जेनसेटको आधिकारिक वितरकको रूपमा आईएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा  मागलाई पुरा गर्ने उद्देश्यका साथ अत्याधुनिक पावर सोलुसन उपलब्ध गराउने  क्रममा लेपावर जेनसेट बजारमा ल्याएको हो ।

सो अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अशोक लेल्यान्डको सन्तुष्ट ग्राहकको नाताले हिनो इन्जिन र यसको सुपेरियर बिल्ड क्वालिटीप्रति विश्वस्त रहेकाले पावर सोलुसन बजारमा समेत लेपावर जेनसेट गेम चेन्जर बन्ने  विश्वास लिएको बताए ।

अशोक लेल्यान्डका सार्क हेड तथा कार्यक्रमका प्रमुख अतिथि अमिताभ श्री वास्तवले अशोक लेल्यान्ड इन्डियाले लेपावर जेनसेटका साथ  नेपालको बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै गइरहेको  बताए । आईएमई ग्रुपसँगको सहकार्यले विश्वसनीयता र उत्कृष्टताका माध्यमबाट सहरी र औद्योगिक क्षेत्रमा आवश्यक ऊर्जा उपलब्ध गराउनका लागि यी जेनसेट उत्पादन तथा  बिक्रि वितरण गरिएको श्रीवास्तवको भनाइ छ।

सो अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सबै क्षेत्रमा गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनमा आईएमई ग्रुप प्रतिबद्ध रहेको  बताए । ग्राहक सन्तुष्टि र विश्वसनीयता बढाउन बिक्री पछिको सेवालाई प्राथमिकता दिएको र  लेपावर जेनसेटका ग्राहकलाई समेत खुसी र विश्वसनीयता कायम राख्न अतुलनीय सेवा र जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराउन  प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले  उल्लेख गरे ।

कार्यक्रममा आईएमई इलेक्ट्रिकका कार्यकारी निर्देशक निशान ढकाल, आईएमई मोटर्सका निर्देशक सन्दिप अग्रवाल र अशोक लेल्यान्डका कन्ट्री म्यानेजर बिप्लव  पाउल लगायतका व्यक्तिहरूको समेत उपस्थिति थियो ।

कार्यक्रममा लेपावर जेनसेटका नयाँ ग्राहकलाई साँचो हस्तान्तरण समेत गरिएको थियो। हिनो इन्जिनद्वारा सञ्चालित लेपावर जेनसेट उच्चतम प्रदर्शन र इन्धन किफायतीपना उपलब्ध गराउने गरी डिजाइन गरिएको छ। यसले नेपालको सहरी, औद्योगिक र व्यावसायिक क्षेत्रको पावर सोलुसनमा महत्त्वपूर्ण योगदान दिने गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सानेपामा खुल्यो अशोक लेल्यान्डको एक्स्क्लुसिभ रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’

सानेपामा खुल्यो अशोक लेल्यान्डको एक्स्क्लुसिभ रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’

काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रमा सुपरिचित ब्रान्ड अशोक लेल्यान्डले...

आइएमई मोटर्स अब स्विच मोबिलिटीका विद्युतीय गाडीको आधिकारिक वितरक

आइएमई मोटर्स अब स्विच मोबिलिटीका विद्युतीय गाडीको आधिकारिक वितरक

काठमाडौँ – आइएमई मोटर्स नेपालमा स्विच मोबिलिटीका विद्युतीय गाडी र अशोक...

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पाए भारतको प्रतिष्ठित इन्डियन अचिभर्स अवार्ड

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पाए भारतको प्रतिष्ठित इन्डियन अचिभर्स अवार्ड

काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...