आईएमई ग्रुप अटोमोटिभ डिभिजनको सीईओमा अब हेमन्त पुरानिक

काठमाडौं – आईएमई ग्रुप, अटोमोटिभ डिभिजनको सीईओमा हेमन्त पुरानिक नियुक्त भएका छन् । आईएमई ग्रुप अन्तर्गत आईएमई मोटर्स, आईएमई अटोमोटिभ्स र एलटी इन्जिनियरिङ सर्भिसेज पर्छन् ।

नेपाली अटोमोबाइल उद्योगमा बढ्दो सम्भावनालाई दृष्टिगत गरी आगामी दिनमा आक्रामक कदम चाल्ने लक्ष्य लिएको र सीईओको रुपमा पुरानिकको नियुक्ति पनि एक भएको आईएमई ग्रुपले जनाएको छ ।

हेमन्त पुरानिकसँग अटोमोबाइल क्षेत्रमा २४ वर्ष भन्दा लामो अनुभव छ । समग्र अटोमोबाइल उद्योगलाई कसरी अगाडि बढाउने र यसको सञ्चालन कसरी गर्ने भन्ने वारेमा उनले धेरै योजनामूलक कार्यहरु गरेका छन् ।

हेमन्त पुरानिकले टाटा मोटर्समा करिव २३ वर्ष काम गरेको अनुभव छ । उनले ११ देशमा विभिन्न भूमिकामा कार्य गरेका छन् । नेपालमा उनले टाटा मोटर्सको प्यासेन्जर भेइकल क्षेत्रमा कार्य गरेका थिए । उनको कार्यकालमा आक्रामक व्यवस्थापन शैली र नवीन बजार रणनीति अपनाइनुका साथै विभिन्न नयाँ मोडलका गाडी लन्च गरिनुका साथै नेटवर्क विस्तारमा समेत विशेष कार्य भएका थिए । उनकै कार्यकालमा टाटा मोटर्सले नयाँ ग्राहक खोजी गर्नुका साथै बजार हिस्सा समेत वृद्धि गर्न सफल भएको थियो । भारतमा टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक लन्च गर्नमा समेत उनको महत्वपूर्ण भूमिका थियो ।

त्यसपछि उनले नेपालमा ‘दीगो’ ब्रान्डका इलेक्ट्रिक गाडी उपलब्ध गराइरहेको दीगो ग्रुप अफ कम्पनिजमा सीईओ बने । करिव डेढ वर्षको अवधिमा उनको निर्देशनमा बनेको सही दिशाले छोटो समयमै दीगो एक परिचित ब्रान्ड बन्न सफल भएको छ । उनकै नेतृत्वका कारण नै पहिलो केही लटमा आएका सबै गाडी सोल्ड आउट भइसकेका छन् ।

अब हेमन्त पुरानिक नयाँ जिम्मेवारीका साथ आईएमईमा प्रवेश गरेका छन् । अटोमोबाइल क्षेत्रलाई प्यासन मान्ने र टिममा रहेर काम गर्न रुचाउने पुरानिकले आगामी दिनमा समेत सफलतापूर्वक कार्य गर्ने अपेक्षा गरेको बताएका छन् ।

आईएमई ग्रुप अन्तर्गत हाल अशोक लेल्यान्ड, यूएम, हार्ले डेभिडसन, एस्कर्ट्स आदि ब्रान्डको कारोबार भइरहेको छ ।

सम्बन्धित समाचारहरू

के हो निर्वाचनका लागि भारतले दिएको ‘वान टन’ गाडी ? के छ यसको विशेषता ?

के हो निर्वाचनका लागि भारतले दिएको ‘वान टन’ गाडी ? के छ यसको विशेषता ?

भारत सरकारले नेपालमा हुन लागेको निर्वाचनका लागि दिएको ‘वान टन’ गाडीको...

भारतको लखनऊमा अशोक लेल्याण्डको इलेक्ट्रिक सवारी उत्पादन प्लान्ट सञ्चालन

भारतको लखनऊमा अशोक लेल्याण्डको इलेक्ट्रिक सवारी उत्पादन प्लान्ट सञ्चालन

अशोक लेल्याण्डले भारतको लखनऊमा नयाँ इलेक्ट्रिक सवारी साधन उत्पादन...

तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स

तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...