आईएमई अटोमोटिभद्वारा महिलालाई निःशुल्क हेभी इक्विपमेन्ट अपरेटर तालिम शुरु

काठमाडौं – आईएमई अटोमोटिभ एस्कर्ट्सले महिलाहरुलाई निःशुल्क हेभी इक्विपमेन्ट अपरेटर, ब्याकहो लोडर तालिमको आयोजना गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गरे ।

कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए ।

जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जादा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखे । उनले सो तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमासमेत परिवर्तन आउने बताए ।

‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ । तर समय बदलिएकोसँगै, हेभी इक्विपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन् । तपाईहरु पनि त्यो पुरातन सोँच र धारणालाई परिवर्तन गर्दै ब्याकहो लोडरको तालिममा सहभागी हुनुभएको छ । तपाईहरुले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नु होला । यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ ।’ उनले भने ।

तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारी रुपमा ब्याकहो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिने छ । तालिममा १५ जना महिलाहरु सहभागी भएको कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

पोखरामा शुभारम्भ भयो आईएमई मोटर्स र अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

पोखरामा शुभारम्भ भयो आईएमई मोटर्स र अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

पोखरा – अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले आज...

अशोक लेल्यान्ड खरिद गर्दा युरोप भ्रमण गर्न पाउने अवसर, साथै अन्य सुबिधा पनि

अशोक लेल्यान्ड खरिद गर्दा युरोप भ्रमण गर्न पाउने अवसर, साथै अन्य सुबिधा पनि

काठमाडौं – अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले...

आईएमई ग्रुप अटोमोटिभ डिभिजनको सीईओमा अब हेमन्त पुरानिक

आईएमई ग्रुप अटोमोटिभ डिभिजनको सीईओमा अब हेमन्त पुरानिक

काठमाडौं – आईएमई ग्रुप, अटोमोटिभ डिभिजनको सीईओमा हेमन्त पुरानिक नियुक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...