इग्निट्रोन मोटोकर्पको १२५ किलोमिटर प्रतिघन्टा रेन्ज दिने इलेक्ट्रिक बाइकमा यस्तो छ फिचर

इलेक्ट्रिक सवारी साधन निर्माता इग्निट्रोन मोटोकर्पले भारतमा साइबोर्ग ब्रान्डअन्तर्गत नयाँ हाई स्पिडको इलेक्ट्रिक मोटरसाइकल जीटी १२० सार्वजनिक गरेको छ । सो इलेक्ट्रिक बाइक १२५ किलोमिटर प्रतिघन्टाको टप स्पिडमा चल्न सक्ने कम्पनीको दाबी छ ।

साइबोर्ग जीटी १२० बाइक ब्ल्याक र डार्क पर्पल गरी दुई रङमा उपलब्ध गराइएको छ । कम्पनीले युवा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर यो बाइक डिजाइन गरेको हो । सो बाइक सबैभन्दा स्टाइलिस देखिने इलेक्ट्रिक बाइकमध्येको एक भएको कम्पनीको दाबी छ ।

जीटी १२० मा ४.६८ केडब्ल्यु लिथियम–आयोन ब्याट्री जडान गरिएको छ, जसले फुल चार्जमा १८० किलोमिटरको रेन्ज प्रदान गर्न सक्षम छ । बाइकमा जियो लोकेट÷जियो फेन्सिङ, ब्याट्री स्टेटस, युएसबी चार्जिङ, ब्लुटुथ, किलेस इग्निसन (रिमोट कन्ट्रोल) र डिजिटल क्लस्टर जस्ता फिचर छन् ।

बाइकको ब्याट्री फिक्स राखिएको छ र यसलाई चार्ज गर्न कम्पनीले १५ एम्पियरको होम चार्जर उपलब्ध गराएको छ । ० देखि १०० प्रतिशतसम्म ब्याट्री चार्ज हुन ४–५ घन्टा लाग्छ । यो बाइकले २.५ सेकेन्डमा ०–४० किमी÷घन्टाको गति लिन्छ । यसमा इको, नर्मल र स्पोर्ट गरी तीनवटा राइडिङ मोडहरू छन् ।

यसका साथै बाइकलाई रिभर्स गर्न रिभर्स मोड र मल्टिपल साउन्डका साथ पार्किङ असिस्ट जस्ता फिचर पनि उपलब्ध छ । बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सस्पेन्सन युनिट रहेको छ । सो बाइकको दुबै पाङग्रामा डिस्क ब्रेक समावेश छन् ।

सम्बन्धित समाचारहरू

बीवाईडी डल्फिन भन्दा सस्तो मुल्यमा आयो एवोनको नयाँ ईभी, यस्तो छ विशेषता

बीवाईडी डल्फिन भन्दा सस्तो मुल्यमा आयो एवोनको नयाँ ईभी, यस्तो छ विशेषता

काठमाडौं– चिनियाँ ईभी निर्माता एवोनले नयाँ बिद्युतिय कार एवोन यूटीको...

टाटा एक्सप्रेस-टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

टाटा एक्सप्रेस-टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

टाटा मोटर्सको एक्सप्रेस-टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर...

सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सन् २०२५ को अप्रिलमा सेरेसले ३१ हजार ४८८ न्यु इनर्जी भेइकल बिक्री गरेर नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...