औपचारिक लन्च पहिले आइकार भी२३ को पहिलो झलक सार्वजनिक, एसयूभी श्रेणीमा नयाँ परिभाषा दिने

काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भी२३ (iCAUR v23)’ को पहिलो झलक सार्वजनिक गरेको छ । आज गैरीधारास्थित, सिल्भर ओकमा आयोजित ‘प्रिभ्यु कार्यक्रम’मा सो गाडीको झलक प्रस्तुत गरिएको हो ।

ओमोडा एन्ड जेइको र आइकार दुवै चिनियाँ अटोमोबाइल निर्माता चेरी ग्रुपको हिस्सा हुन्, जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ । चेरीले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरुमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।

आइकार भी२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ बेन्चमार्क स्थापित गरेको बताइएको छ । साइबर टेक डिजाइन सहितको यो रेट्रो क्लासिक एसयूभी टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ। यसमा १०० किलोवाटको सिंगल मोटर सेटअप रहेको छ जसले १८० एनएमको टर्क प्रदान गर्छ । यसका साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ । सो एसयूभीको लम्बाइ ४,२२० एमएम, चौडाई १,९१५ एमएम, उचाई १,८४५ एमएम र हिवलबेस २,७३५ एमएम रहेको छ, जसले सन्तुलित उपस्थिति (स्टेन्स) र स्पेसियस प्रपोसन्स (बनावट) सुनिश्चित गर्दछ ।

नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै भी२३ विभिन्न ६ कलर अप्सनमा उपलब्ध हुनेछ । यसको क्याबिनले आराम र व्यावहारिकलालाई प्राथमिकता दिएको छ, अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ। सो एसयूभीको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरु (डायलहरू)’ रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरुलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ।

यो एसयूभीको ७० प्रतिशत भन्दा बढी भाग, हाइ स्ट्रेन्थ–स्टिलको प्रयोग गरी हाइ रिजिडिटी बडीमा निर्मित रहेको छ। भी२३ ले इन्टरप्राइज–ग्रेड ब्याट्री सेफ्टी मापदण्ड पालना गरेको छ, जसले आइकारको टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

कार्यक्रममा सहभागीहरुले गाडीको ‘इन्टेलिजेन्ट टेक’ विशेषताहरुको प्रत्यक्ष अनुभव गरेका थिए भने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए। ओमोडा एन्ड जेइकोको समेत आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपाली ग्राहकहरुका लागि विद्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पु-याउने लक्ष्य राखेको बताएको छ । सो गाडी ४७ लाख रुपैयाँ भन्दा कम मूल्यमै उपलब्ध हुने बताइएको छ ।

आइकार भी२३ एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको हो। यसको पहिलो मोडल भी२३ नेपालमा समेत छिट्टै सार्वजनिक हुँदैछ, जसले रगेड एडभेन्चर–रेडी क्षमता र स्मार्ट प्रविधिलाई एकैसाथ जोड्दै एसयूभी श्रेणीमा नयाँ परिभाषा दिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नेपालगन्ज पुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

नेपालगन्ज पुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

नेपालगन्ज- गत पुस १४ मा फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज...

४ हजार किमी बढी यात्रा गर्दै केरलादेखि काठमाडौं सम्म टाटा कर्भ ईभीमा

४ हजार किमी बढी यात्रा गर्दै केरलादेखि काठमाडौं सम्म टाटा कर्भ ईभीमा

नेपालमा हालै सार्वजनिक टाटा कर्भ ईभी चढेर भारतका ३ जनाले ४ हजार भन्दा बढी...

नेक्सन ईभी लिन अझै करिव ६ महिना पर्खिनु पर्ने, पहिलो १०० ग्राहकले पाए पुरानै मूल्यमा गाडी

नेक्सन ईभी लिन अझै करिव ६ महिना पर्खिनु पर्ने, पहिलो १०० ग्राहकले पाए पुरानै मूल्यमा गाडी

काठमाडौं – नेपाली बजारमा टाटाको इलेक्ट्रिक कार नेक्सन ईभी बिक्री–वितरण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...