डीएफएसकेले ल्यायो मनसुन अफर, १० लाख डाउनपेमेन्ट, ३ लाख ५० हजार नगद छुट
काठमाडौं – डीएफएसके ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...
काठमाडौं – चिनियाँ अटो निर्माता कम्पनी चेरीको नयाँ इलेक्ट्रिक एसयूभी आईकार भी२३ नेपाली बजारमा औपचारिक लन्च हुने तयारीमा रहेको छ। गत भदौ महिनामा सार्वजनिक गरिएको भए पनि औपचारिक रुपमा यो गाडी नेपाली बजारमा बिक्री–वितरण भएको छैन ।
अब भने सो गाडी नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा एसपीजी अटोमोबाइल्सले यो गाडी बिक्री–वितरण गर्नेछ । एसपीजी अटोमोबाइल्सले ओमोडा एन्ड जेइकोका गाडी समेत बिक्री–वितरण गरिरहेको छ । ओमोडा एन्ड जेइको र आईकार दुवै चिनियाँ अटोमोबाइल निर्माता ‘चेरी ग्रुप’को हिस्सा हुन् ।
आधुनिक प्रविधि, रेट्रो डिजाइन र हल्का अफरोड क्षमताको संयोजनका साथ यो मोडल नेपाली ईभी बजारमा नयाँ विकल्पका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
नेपाली बजारमा आईकार भी२३ रियर–ह्विल ड्राइभ कन्फिगरेसनमा उपलब्ध हुनेछ। यसमा जडान गरिएको सिंगल इलेक्ट्रिक मोटरले १०० किलोवाटको शक्ति र १८० एनएम टर्क उत्पादन गर्छ। यो सेटअप दैनिक प्रयोगका साथै हल्का अफरोड ड्राइभिङका लागि सन्तुलित मानिएको छ।

भी२३ मा सीएटीएलको ५९.९३ किलोवाट आवर लिथियम आयरन फस्फेट (एलएफपी) ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज प्रदान गर्छ। साथै, यो एसयूभीले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले लामो यात्राका क्रममा चार्जिङ समय पनि कम हुने जनाइएको छ। यसले ३६ मिनेटमै २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
आईकार भी२३ ले रेट्रो र आधुनिक शैलीको संयोजन प्रस्तुत गर्छ। बाक्लो र बक्सी प्रोफाइल, गोलाकार एलईडी हेडलाइट, क्ल्यामशेल–स्टाइल हुडले यसको फ्रन्ट लुकलाई आकर्षक बनाएको छ। फ्लेयर्ड ह्विल आर्च, हिडन डोर ह्यान्डल र आल्मुनियम अलोय साइड स्टेपले यसको रग्ड अपिललाई थप बलियो बनाउँछ। पछाडितर्फ साइड–ओपनिङ टेलगेटसँगै बाहिरी स्टोरेज बक्स - ‘ब्याकप्याक’ - दिइएको छ, जसले व्यावहारिकता र भिजुअल पहिचान दुवै बढाएको छ।
आईकार भी२३ को इन्टेरियरमा १५.४ इन्चको ठूलो सेन्ट्रल टचस्क्रिन दिइएको छ, जुन क्वालकम स्न्यापड्रागन ८१५५ प्रोसेसरबाट सञ्चालन हुन्छ। क्याबिनमा दुई पंक्तिय २+२ सिटिङ लेआउटमा डिजाइन गरिएको छ। दोस्रो पंक्तिका सिट फोल्ड गर्दा ७४४ लिटरको लगेज स्पेस उपलब्ध हुने भएकाले यात्रु तथा सामान बोक्ने दुवै प्रयोजनमा यो एसयूभी उपयुक्त देखिन्छ।
डाइमेन्सनका हिसाबले, आईकार भी२३ को लम्बाइ ४,२२० एमएम, चौडाइ १,९१५ एमएम र उचाइ १,८४५ एमएम छ भने ह्विलबेस २,७३५ एमएम रहेको छ। यसमा १९ इन्चका ह्विल, २१० एमएम ग्राउन्ड क्लियरेन्स, ४३ डिग्री अप्रोच एंगल र ४१ डिग्री डिपार्चर एंगल दिइएको छ, जसले यसलाई हल्का अफरोड ड्राइभिङका लागि सक्षम बनाउँछ।
बहुप्रतिक्षित आईकार भी२३ लाइफस्टाइल इलेक्ट्रिक एसयूभी आधिकारिक रूपमा भन्सार प्रक्रिया पुरा गरी देशव्यापी डेलिभरीका लागि तयार गरिएको छ । यसको मूल्य भने कम्पनीले हाल सम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
आकर्षक रेट्रो–लुक्स र अत्याधुनिक साइबर–टेक इन्जिनियरिङको समिश्रण रहेको आईकार भी२३ ले नेपाली बजारमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी क्षेत्रलाई नयाँ परिभाषा दिने विश्वास गरिएको छ ।
काठमाडौं – डीएफएसके ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...
जापानका दुई ठुला प्रविधि तथा अटोमोबाइल कम्पनी साेनी र होन्डाद्वारा...
काठमाडौं– चिनियाँ ईभी ब्रान्ड एलएस अटोले चितवनमा दुई दिने ‘टेस्ट ड्राइभ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...