पावर र फिचर्स लोडेड सानो एसयूभी हुन्डाई भेन्यू आइएमटीमा शिवपुरीसम्मको यात्रा

ह्याचब्याक कारबाट अपग्रेड हुन चाहने या कम बजेटमा एसयूभी प्रयोग गर्न चाहने, यी दुवै वर्गका कार पारखीको पहिलो रोजाई हो सब कम्प्याक्ट एसयूभी । हाल बजारमा प्रायः सबैजसो ब्रान्डले यो सेग्मेन्टमा जोड दिंदै आइरहेका छन् । जसमध्ये कोरियन अटो मेकर हुन्डाई भेन्यूले पछिल्लो समय नेपाली अटोबजारमा चर्चा बटुल्दै लगेको छ ।

सब कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सर्बाधिक रुचाइएको भेन्यूले एसयूभी पारखीको मनमात्र जितेको छैन यो धेरै कार पारखीहरुको रोजाइमा समेत पर्न थालेको छ । आकर्षक आवरणमा डिजाइन गरिएको यो एसयूभी स्पोर्टी देखिनुको साथै आरामदायी समेत छ । भेन्यूका बिभिन्न भेरिएन्ट नेपाली बजारमा कारोबार हुँदै आइरहेका छन् । जसमध्ये पछिल्लो समय चर्चामा रहन सफल मोडल हो आइएमटी अर्थात इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसन । यसको पनि एस र एसएक्स गरी २ भेरिएन्ट उपलब्ध छन् । जसमध्ये एसएक्स टप भेरिएन्टमा पर्छ ।

गत हप्ता हामीले यो गाडीको टेष्ट ड्राइभ गरेका थियौ । नक्सालस्थित शोरुमबाट बुढानिलकण्ठको शिवपुरी रिसोर्टसम्म यात्रा गर्दा कहिँ कतैपनि थकानको महसुस गर्नुपरेन । टर्बो इन्जिनका कारण यसको पावर तथा पर्फमेन्स समेत तारिफयोग्य नै थियो । शिवपुरी निकुञ्जको जंगल हुँदै डाँडामा रहेको रिसोर्टसम्म पुग्दा यात्रा पुरा भएको पत्तो नै भएन ।

एउटा सानो एसयूभीमा उपलब्ध अत्याधुनिक फिचर्स, आरामदायी विशेषता र उत्कृष्ट पावर तथा पर्फमेन्सका कारण भेन्यूमा सयर गर्दा उच्च सीसी क्षमताको पूर्ण एसयूभीमै सयर गरिरहेको अनुभूति भएको थियो हामीलाई ।

भेन्यूलाई अगाडिबाट हेर्ने बित्तिकै यसमा दिइएको डार्क ग्रिल क्रोमले जो कोहीलाई मोहित बनाइहाल्छ । यो गाडीमा दिइएको क्रोम बजारमा उपलब्ध अन्य ब्रान्डका प्रतिस्पर्धी मोडलको तुलनामा भिन्नै प्रकारको छ, जुन एकदमै भद्र र शालिन आबरणमा डिजाइन गरिएको छ । बम्परमा दिइएको स्किड ब्लेडले गाडीलाई बोल्ड बनाएको छ । साथमा ड्युअल टोनमा उपलब्ध गराइएको डायमन्ड कट अलोय ह्विलका कारण यो स्पोर्टी समेत देखिन्छ ।

स्किड प्लेटका कारण गाडीलाई पछाडिबाट हेर्दा समेत बोल्ड र स्पोर्टी देखिन्छ । रियर वाइपरको सट्टा यसमा डिफगर दिइएको छ । बडीमा ६३ प्रतिशत स्टेनलेस स्टिल जडान गरिएको कारण यसको बनावट बलियो तथा मजवुत समेत छ ।

भेन्यू आइएमटी एसएक्समा कप्पा १.० आई टर्बो जीडीआई पेट्रोल इन्जिन जडान गरिएको छ । जुन ९९८ सीसीको बीएस–६ इन्जिन हो । जसको अधिकतम पवार १२० पीएस र टर्क १७.५ किलोग्राम रहेको छ । यसमा ६ स्पिड आईएमटी गियरबक्स जडान गरिएको छ । जुन यसको प्रमुख विशेषता समेत हो । आइएमटी ट्रान्समिसनका कारण यसमा क्लचको जरुरी पर्दैन । जसका कारण कल्चको प्रयोग नगरीकनै एक्सिलेटर, ब्रेक र गियरको समायोजनमा यसलाई चलाउन सकिन्छ ।

स्तरिय एयरब्याग, एबीएस सहित ईबीडी, पार्किङ सेन्सर, हिल असिस्ट कन्ट्रोल जस्ता फिचर्सले भेन्यूलाई सुरक्षित एसयूभी बनाएको छ ।

यो एसयूभीमा उपलब्ध गराइएको ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमले यात्रालाई सहज र थप रोमान्चक बनाउने देखिन्छ । एन्ड्रोइड र एप्पल कारप्ले सर्पोट गर्ने टचस्क्रिनमा ब्लुटुथ र यूएसबी कनेक्ट गरी म्युजिक सुन्न र भिडियो हेर्न समेत सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेक्स्ट जेनेरेशन भेन्यूमा क्रेटा एनलाइनको जस्तै फ्रन्ट फेसिया हुने

नेक्स्ट जेनेरेशन भेन्यूमा क्रेटा एनलाइनको जस्तै फ्रन्ट फेसिया हुने

हुन्डाईले नेक्स्ट जेनेरेशन भेन्यूलाई फेरि एकपटक देखाएको छ । यसअघि सडक...

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...

हुन्डाईले ल्यायो नयाँ वर्ष अफर, गाडी खरिदमा यस्ता छन् आकर्षक अफर

हुन्डाईले ल्यायो नयाँ वर्ष अफर, गाडी खरिदमा यस्ता छन् आकर्षक अफर

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...