बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विव्रmेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित गाडी हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लस सार्वजनिक गरेको छ ।
हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लस भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने छन् । एउटामा १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलजी हुनेछ, जसले ६००० आरपीएममा ८३ पीएस पावर दिन्छ भने अर्को १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी हुनेछ, जसले ६००० आरपीएममा १२० पीएस पावर दिन्छ ।
बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्युले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको कम्पनीको भनाइ छ छ । हुन्डाई भेन्यु स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल भएका विद्युतले मिलाउन सकिने रियर मिरर, इलेक्ट्रिक सनरुफ, आकर्षक व्रmोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सु—सज्जित छ ।
यसको आर१५ डायमण्ड कट अलोय ह्विल तथा रियर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । हुन्डाई भेन्यु १.२ एसप्लसमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmष्टल इफेक्ट सहितको एलईडी डीआरएल लाइट विशेष छन् ।
इन्टेलिजेंन्ट म्यानुअल ट्रान्समिसनको साथ हुन्डाई भेन्यु आईएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिन्छ । सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो इन्धन दक्षता र मजाको ड्राइभिङ अनुभव गर्न पाइन्छ ।
उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लसमा नवीनतम विशेषताहरु जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लस्टर, ड्राइभर रियरभ्यु मिरर, भेइकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् जस्ले हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लसलाई एउटा सुरक्षित यात्राको सहयात्री बनाएको छ ।
हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लसमा वायरलेस फोन चार्जर, व्रmुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एयर प्युरिफायर तथा रियर एसी भेन्ट जस्ता थप विशेषता समेत रहेका छन् ।
हुन्डाई भेन्यु आईएमटीको सुरुवाती मूल्य ४४ लाख ९६ हजार र १.२ एसप्लसको मूल्य ४४ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...