हुन्डाईले भारतमा लेभल २ एडास फिचर भएको ईभी उत्पादन गर्ने

कोरियन अटो निर्माता हुन्डााईले २०२७ सम्ममा लेभल २ एडास फिचर भएको नयाँ ईभीलाई भारतमै उत्पादन गर्ने घोषणा गरेको छ । हुण्डाईले हालै आगामी ५ वर्षको लागि आफ्नो उत्पादन योजना घोषणा गर्दै यसवारे जानकारी दिएको हो ।

कार निर्माताले पाइपलाइनमा २६ नयाँ मोडल रहेको र यसमा मेड–इन–इन्डिया ईभी पनि समावेश रहेको जनाएको छ । सो नयाँ ईभी ब्रान्डको एन्ट्री–लेभल मोडल हुने र केही उच्च–प्रविधि सुविधाहरूले सुसज्जित हुने बताइएको छ ।

एक प्रस्तुतिकरणमा हुन्डाईले नयाँ कार इलेक्ट्रिक कम्प्याक्ट एसयुभी हुने र ओटिए कन्ट्रोल सहितको उन्नत इन्फोटेनमेन्ट प्रणाली जडान गरिने जनाइएको छ । कारमा पार्किङ एसिस्ट सहित लेभल २ एडास समेत उपलब्ध हुनेछ ।

नयाँ ईभी ई–जिएमपी(के) प्लेटफर्ममा आधारित हुनसक्ने अनुमान गरिएको छ, जुन हुन्डाई इन्स्टरमा आधारित हुन सक्नेछ । सही प्राविधिक विवरणहरू अझै स्पष्ट नभए पनि सो नयाँ ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध हुने खुलासा गरिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले किन्यो ६० अर्ब भारुको लगानीमा जनरल मोटर्सको तालेगाउँ प्लान्ट

हुन्डाईले किन्यो ६० अर्ब भारुको लगानीमा जनरल मोटर्सको तालेगाउँ प्लान्ट

हुन्डाई मोटर इन्डियाले जनरल मोटर्सको तलेगाउँ प्लान्ट खरिद गरेको छ ।...

ग्रान्ड आई१० नियोस अव कर्पोरेट एडिसनमा पनि, यस्तो छ विशेषता

ग्रान्ड आई१० नियोस अव कर्पोरेट एडिसनमा पनि, यस्तो छ विशेषता

कोरियन अटो निर्माता हुन्डाई मोटर्सले आज आफ्नो लोकप्रिय ह्याचव्याक कार...

हुन्डाई क्रेटा ईभीको टेक्नोलोजी, फिचर र सेफ्टी फिचर सार्वजनिक

हुन्डाई क्रेटा ईभीको टेक्नोलोजी, फिचर र सेफ्टी फिचर सार्वजनिक

हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी इलेक्ट्रिक क्रेटा लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...