हुन्डाईले आधिकारिक रूपमा लन्च ग-यो इन्डोनेसियाली भर्सन क्रेटा फेसलिफ्ट
हुन्डाईले गायकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२१ मा क्रेटा...
हुन्डाईले भारतिय बजारकै लागि भनेर नयाँ इन्जिन विकास गर्ने भएको छ । सो नयाँ ईन्जिन १.२ लिटर क्षमताको डाइरेक्ट–इन्जेक्शन टर्बो–पेट्रोल रहने बताइएको छ ।
सोहि इन्जिनलाई हुन्डाईले भविषयमा हाइब्रिड र कम्प्याक्ट क्रसओभरमा समेत प्रयोग गर्ने योजना बनाएको छ । नयाँ इन्जिन जडित मोडल २०२६ मै लन्च हुने अपेक्षा गरिएको छ ।
सो नयाँ इन्जिनले १.० लिटर टर्बो–पेट्रोल इन्जिन भन्दा बढी टर्क र राम्रो ड्राइभेबिलिटी प्रदान गर्ने बताईएको छ । नयाँ इन्जिन क्रेटा लगायत एसयुभीमा प्रयोग भइरहेको हालको १.५ लिटर युनिट भन्दा बढी कम्प्याक्ट र इन्धन किफायति हुनेछ । यसलाई ई–सिभिटी अर्थात डुअल क्लच स्वचालित ट्रान्समिसनसँग जोड्न सकिन्छ ।
सो नयाँ इन्जिन पूर्ण रुपमा विकास भइसकेपछि यसलाई नयाँ पुष्ताको क्रेटा, भेन्यू र आई२० लगायत मोडलमा समेत प्रयोग गर्न सकिने अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार नयाँ इन्जिन मारुति सुजुकीको जेड१२ई युनिटको प्रतिक्रियामा विकास गर्न लागिएको हो । सुजुकीको जेड१२ई मा ३ सिलिन्डर ब्लक राखिएको छ भने हुन्डाइको सो नयाँ इन्जिनमा ४ वटा सिलिन्डर हुनेछ ।
नयाँ ईन्जिनलाई पूर्ण रुपमा भारतमै निर्माण गरिने हुँदा यसको लागत कम पर्ने जनाइएको छ । लागत कम गर्न स्थानीय कम्पोनेन्टहरुको प्रयोगलाई बढवा दिइनेछ ।
हुन्डाईले गायकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो शो २०२१ मा क्रेटा...
प्यासेन्जर कार सेग्मेन्टमा सर्बाधिक बिक्री हुने ब्रान्ड हो हुन्डाई ।...
हुन्डाईले आफ्नो चर्चित मिडसाइज एसयुभी क्रेटालाई नयाँ भर्सनमा उतारेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...