हुन्डाईले ल्यायो नयाँ वर्ष अफर, गाडी खरिदमा यस्ता छन् आकर्षक अफर

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना ल्याएको छ । सो योजना नेपालभरका सबै शोरुममा लागू हुनेछ ।

सो योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख रुपैयाँ सम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार सम्मको गो–ग्रीन बोनसका साथै गाडीको मोडल इयरको आधारमा ५ लाख सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

सबै हुन्डाई आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछन्। यस स्किमबाट हुन्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सकिनेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ भन्दा बढी चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको सबैभन्दा सानो इलेक्ट्रिक एसयूभी ‘इन्स्टर’ सार्बजनिक, के छन् विशेषता ?

हुन्डाईको सबैभन्दा सानो इलेक्ट्रिक एसयूभी ‘इन्स्टर’ सार्बजनिक, के छन् विशेषता ?

हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्बजनिक गरेको छ ।...

हुन्डाई कार किनेका पाण्डे जान पाउने भए वर्ल्ड कप फाइनल हेर्न कतार, गुरुङ र जिसी प्रस्थान

हुन्डाई कार किनेका पाण्डे जान पाउने भए वर्ल्ड कप फाइनल हेर्न कतार, गुरुङ र जिसी प्रस्थान

काठमाडौं – नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

कस्तो रहला नयाँ इलेक्ट्रिक कार ओरा गुड क्याटको नेपाली बजार

कस्तो रहला नयाँ इलेक्ट्रिक कार ओरा गुड क्याटको नेपाली बजार

चीनको प्रख्यात कार उत्पादक कम्पनी ग्रेटवालले उत्पादन गरेको इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...