जापानमा चाइनिज ईभीको लोकप्रियता वारे सेमिनार, चर्चाको केन्द्रमा बीवाईडी एट्टो ३
सन् २००० को सुरुवाती अवस्थामा अहिले जस्तो इलेक्ट्रिक गाडी अर्थात ईभीको...
हुन्डाईले कोरियामा भएको बुसान मोटर शोमा नयाँ कन्सेप्ट इलेक्ट्रिक कार आरएन२२ई सार्वजनिक गरेको छ । यसअघि कम्पनीले आफ्नो आयोनिक ५ ईभी नेपाली बजारमा समेत लन्च गरिसकेको छ । सोही कारले एन लाइनमा पहिलो ईभी कार बन्ने तयारी गरेको छ ।
आरएन२२ई कन्सेप्ट कार हुन्डाई आयोनिक ६ ईभीमा आधारित छ । सो कारमा इलेक्ट्रिक ड्राइभट्रेन र मिड–इन्जिन लेआउट विकास गर्नको लागि हुन्डाई भेलोस्टर बडीशेल प्रयोग गरिएको थियो । यद्यपि उत्पादन लाइनमा इन्ट्रि गर्ने कन्सेप्ट कार सी एकदम फरक हुनेछ ।
कम्पनीले नयाँ आरएन२२ई सम्भावित उत्पादन गाडीको लागि बनाइएको सबैभन्दा नजिकको आरएन भएको बताएको छ । आयोनिक ६ सेडानलाई आधारको रूपमा लिएर कम्पनीले यस मोडलको बाहिरी भागलाई डीप एयर ड्याम, डिफ्युजर, छुट्टै स्पोइलर, ठूला पाङ्ग्रा र फराकिलो आर्च सहितको डिजाइन गरेको छ जसले कारलाई अझ आक्रामक लुक दिन्छ ।
हुन्डाई आरएन२२ई मा २ वटा इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले कारका ४ वटै टायर चलाउन मद्दत गर्छ । सो मोटरले लगभग ५८५ एचपीको पावर जेनेरेट गर्छ । कारको फ्रन्ट र रियर एक्सेल बीच टर्क स्प्लिट फङसन पनि छ । सो कार ७७.४ ४०० भी/८०० भी फास्ट मल्टी चार्जिङ क्षमताको ७७.४ केडब्ल्युएच व्याट्रीले सुसज्जित छ । कम्पनीका अनुसार आरएन२२ई को टप स्पिड २५० किमी प्रति घन्टा भन्दा बढी छ ।
सन् २००० को सुरुवाती अवस्थामा अहिले जस्तो इलेक्ट्रिक गाडी अर्थात ईभीको...
काठमाडौं – चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगनको युनि–टीले...
काठमाडौं – सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षमा बाइक र स्कुटरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...