हुन्डाई कम्पनीले भारतमा पहिलो पटक ग्राहकको लागि एमपीभी सेगमेन्टको स्टारिया लन्च गर्ने भएको छ । कम्पनीले सो कारको टिजर सार्वजनिक गरिएको छ । यद्यपि कम्पनीले यसको लन्चिङको समय तोकेको छैन । सो कार केही देशमा मात्र लन्च गरिनेछ । जसको सुरुवात दक्षिण एसियाबाट गर्नेछ ।
हुन्डाईले एक हप्ता पछि स्टारिया र स्टारिया प्रिमियमको डिजाइनको बारेमा जानकारी दिनेछ । टिजरमा सो कार निकै प्रिमियम देखिएको छ । साथै यसमा ठूलो स्पेस पनि देखिएको छ । सो कार बजारमा टोयोटा इनोभा क्रिस्टासँग प्रतिस्पर्धा गर्नेछ ।
नयाँ एमपीभी लाइन अप कन्सेप्ट इमेजका अनुसार यसको डिजाइन स्पेससिप जस्तो हुनेछ । सो कारमा प्यानारोमिक भ्यू विन्डो समावेश गरिएको छ । सो कारमा लोअर बेल्ट लाइन समावेश गरिएको छ जसमा यो भित्रबाट स्पेसियस देखिएको छ । कारको क्याबिन र फिचर निकै प्रिमियम हुनेछ ।
कारको फ्रन्ट प्रोफाइल पनि एयरोडायनामिक देखिन्छ साथै ठूलो फ्रन्ट ग्रिल रहेको छ । कारको बम्परमा एलईडी हेडलाइट र फग ल्याम्प रहेको छ । यसको ग्रिलमा हनीकम्ब मेश रहेको छ । सो कारको हुडमा लामो एलईडी स्ट्रिप लाइट, क्याबिनको उचाई प्रिमियम आरामदायक र ठूलो ढोका पनि रहेको छ । टिजरमा ओआरभीएम पनि देखिएको छ । यसमा पाइलट सिट पनि हुने सम्भावना रहेको छ ।