२३ अर्ब डलर ब्रान्ड भ्यालु सहित हुन्डाई मोटर बन्यो विश्वकै ३०औँ मूल्यवान कम्पनी

कोरियाली कार उत्पादक हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुगेको छ । इन्टरब्रान्डका अनुसार हुन्डाई मोटर ग्रुप विश्वको ३०औँ मुल्यवान कम्पनीमा परेको छ । इन्टरब्रान्ड ग्लोबल ब्रान्ड कन्सल्टिङ फर्म हो । यसले हरेक वर्ष बहुराष्ट्रिय कम्पनीहरूको मूल्यांकन गर्दै आएको छ ।

हुन्डाई मोटरले पछिल्लो ५ वर्षमा आफ्नो ब्रान्ड भ्यालु ६३ प्रतिशतले वृद्धि गर्दै ३६औँ स्थानबाट ३०औँ स्थानमा आउन सफल भएको हो । हुन्डाई मोटरको लक्ष्य ‘प्रोग्रेस फर ह्युम्यानिटी’ अन्तर्गत रहेर कम्पनीले ब्रान्ड भ्यालु बढाउन विभिन्न कामहरू गरेको जनाएको छ ।

यो ग्रुपले उत्पादन गरेका कारहरु विश्व बजारमा निकै लोकप्रिय मानिन्छन् । साथै, विभिन्न मोडलले विश्वका प्रतिष्ठित अवार्ड समेत हात पारेका छन् । कम्पनीले उत्पादन गरेको विद्युतिय कार आयोनिक फाइभ एनले वल्र्ड कार अवार्ड २०२४ मा वल्र्ड पर्फमेन्स कारको उपाधी पाएको थियो ।

हुन्डाई मोटरले ब्रान्डमा उपभोक्तालाई अनुबन्धिन गराइ राख्न आर्चरी र फिफा वल्र्ड कपजस्ता खेलकुद क्रियाकलापहरूमा स्पोन्सर गर्दै आएको छ ।कम्पनीले आफ्नो उत्पादन र सर्भिसलाई सफ्टवेर र एआईसँग जोडेर सहज बनाइरहेको छ । हुन्डाई मोटरले मोबिलिटी इकोसिस्टम निर्माणमा गेम चेन्जर हुनेगरी काम गरिरहेको जनाएको छ ।

नेपाली बजारमा हुन्डाईका क्रेटा, ग्रान्ड आइटेन, टुसान, प्यालेसिडलगायत आईसी इन्जिन कार तथा आयोनिक ५ र कोना ईभी बिक्री हुँदै आएको छ । त्यस्तै भेन्यू भने नेपालमै एसेम्बल भएर बिक्री भइरहेको छ । कम्पनीले अब छिट्टै क्रेटा र आइटेन एसेम्बल गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

पुरै नयाँ डिजाइनमा आउने भयो हुन्डाई आई२०, पहिलो टिजर सार्बजनिक

पुरै नयाँ डिजाइनमा आउने भयो हुन्डाई आई२०, पहिलो टिजर सार्बजनिक

हुण्डाईले नेक्स्ट–जेन आई२० को पहिलो टिजर इमेज सार्बजनिक गरेको छ । अर्को...

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

हुन्डाई इन्स्टर ईभीको पहिलो झलक सार्वजनिक, यस्तो छ हुन्डाईको आगामी योजना

हुन्डाई इन्स्टर ईभीको पहिलो झलक सार्वजनिक, यस्तो छ हुन्डाईको आगामी योजना

हुन्डाईले नयाँ अल इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...