हुन्डाईले छिटो चार्ज हुने ६ इलेक्ट्रिक कार लन्च गर्ने

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले सन् २०२८ सम्ममा भारतमा करिब ६ वटा इलेक्ट्रिक कार लन्च गर्ने भएको छ । यसको लागि कम्पनीले करिब ४ हजार करोड भारु लगानी गर्ने योजना बनाएको छ । कम्पनीले यसको लागि ई–जीएमपीमा आधारित प्लेटफर्मको प्रयोग गर्ने योजना बनाएको छ ।

हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक र सीईओ एसएस किमले कम्पनीले देशमा विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी गरिरहेको र ६ वटा नयाँ उत्पादनमध्ये पहिलो आगामी वर्ष सुरु गर्ने अपेक्षा गरिएको बताए । हुन्डाई मोटर इन्डियाले सन् २०२८ सम्ममा ६ वटा नयाँ मोडल लन्च गर्ने घोषणा गरेको छ ।

हुन्डाई मोटर समूहका प्रमुखले आफ्नो बीईभी लाइन अप प्लेटफर्म इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्मका साथै भारतमा ब्याट्री इलेक्ट्रिक गाडीको लागि नयाँ प्लेटफर्म पेश गर्नेछ । किमले भने कि अटोमेकरले बीईभीलाई विभिन्न स्टाइलमा बीईभी ठुलो आकार सहित २०२८ सम्ममा पेश गर्नेछ ।

हुन्डाईको ईजीएमपी प्लेटफर्ममा ७७.४ केडब्ल्युएच सम्मको ठूलो ब्याट्री क्षमता प्रदान गरिने छ । यसमा २डब्ल्युडी र ४ डब्ल्युडी क्षमता र राम्रो ह्यान्डलिङ हुनेछ भने २६० किलोमिटर प्रति घन्टाको टप स्पिड प्रदान गर्छ ।

हुन्डाई मोटर ग्रुपले इलेक्ट्रिक सेग्मेन्टलाई बढाउनका लागि इलेक्ट्रिक भेइकल प्लेटफर्म लन्च गरेको छ । ई–जीएमपी नामक इलेक्ट्रिक साधन प्लेटफर्मले गाडीलाई १८ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । ई–जीएमपी प्लेटफर्म हुन्डाई र किया मोटर्सले संयुक्त रूपमा विकास गरेको हो ।

यसलाई इलेक्ट्रिक–ग्लोबल मोड्युलर प्लेटफर्म भनिन्छ । ई–जीएमपी प्लेटफर्म वास्तवमा कारको तल्लो फ्रेम हो । यसमा सबै व्हील ड्राइभको विकल्प हुन्छ । ई–जीएमपी प्लेटफर्ममा निर्मित इलेक्ट्रिक कारले ३५० किलोवाटसम्मको चार्जिङ क्षमतालाई सपोर्ट गर्छ । यो प्लेटफर्मले ५०० किलोमिटरभन्दा बढी क्षमताको हाई स्पिड चार्जरले १८ मिनेटमा कारलाई ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ ।

सम्बन्धित समाचारहरू

एनपीएलको उत्कृष्ट खेलाडीलाई शारडा ग्रुपले ६२ लाख पर्ने ओमोडा ई५ कार उपहार दिने

एनपीएलको उत्कृष्ट खेलाडीलाई शारडा ग्रुपले ६२ लाख पर्ने ओमोडा ई५ कार उपहार दिने

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने...

भारतमै एसेम्वल भयो भल्भोको पहिलो इलेक्ट्रिक एसयूभी एक्ससी४० रिचार्ज, रेन्ज ४०० किलोमिटर

भारतमै एसेम्वल भयो भल्भोको पहिलो इलेक्ट्रिक एसयूभी एक्ससी४० रिचार्ज, रेन्ज ४०० किलोमिटर

भल्भो कार इण्डियाले गत जुलाई महिनामा लन्च गरेकोे पहिलो इलेक्ट्रिक एसयूभी...

वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

काठमाडौं – गत बैशाख महिनामा नेपालमा ५०४ विद्युतीय कार भित्रिएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...