क्रेटा इलेक्ट्रिकको तीन नयाँ भेरिएन्ट सार्वजनिक, फिचर र रेन्ज पनि बढ्यो

हुन्डाईले भारतामा क्रेटा इलेक्ट्रिकको तीन नयाँ भेरिएन्ट लन्च गरेको छ । एसयुभी अव ४२ किलोवाट आवर ब्याट्री प्याकमा एक्सिलेन्स, टेक ४२ किलोवाट आवर र एक्जिक्युटिभ (ओ) ५१.४ किलोवाट आवर भेरिएन्टमा उपलब्ध हुने जनाइएको छ ।

साथै, यस विद्युतीय एसयूभीको सबै भेरिएन्टमा अव वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले तथा ड्यासक्याम र रियर वायरलेस चार्जर स्ट्यान्डर्ड फिचरका रुपमा उपलब्ध हुनेछ ।

नयाँ एक्सिलेन्स भेरिएन्टमा ८ तरिकाले एडजस्ट गर्न मिल्ने भेन्टिलेटेड फ्रन्ट सिट, ड्राइभर सिटमा मेमोरी तथा वेलकम रिट्र्याक्ट फंक्शन र यात्रु सिटको लागि वाक–इन उपकरण जस्ता सुविधा उपलब्ध गराइएको छ ।

यसमा रियर वायरलेस चार्जर, आईटी डिभाइस होल्डर र रिट्र्याक्टेबल कपहोल्डर भएको फोल्डेबल सिटब्याक टेबल, टेलिमेटिक्स स्विच भएको इलेक्ट्रोक्रोमिक मिरर, लेभल २ एडास, ब्लाइन्ड–स्पट भ्यू मनिटर भएको ३६०–डिग्री क्यामेरा र रेन सेन्सिङ वाइपर पाउन सकिन्छ ।

एक्जिक्युटिभ टेक भेरिएन्टमा भ्वाइस–सक्षम स्मार्ट प्यानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले र रियर विन्डो सनशेड दिइएको छ ।

त्यसैगरी, हुन्डाईले ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा एक्जिक्युटिभ (ओ) लाई एन्ट्री–लेभल भेरिएन्टमा ल्याएको छ । यसमा भ्वाइस–सक्षम स्मार्ट प्यानोरामिक सनरुफ र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले लगायतका अन्य फिचर थप गरिएको छ ।

नयाँ भेरिएन्टको आगमनसंगै यसअघि दाबी गरिएको रेन्जमा समेत बृद्धि भएको कम्पनीले जनाएको छ । ४२ किलोवाट भर्सनले यसअघि ३९० किलोमिटर रेन्ज दिने दाबी गरिएकोमा अव ४२० किलोमिटर दिने बताइएको छ भने ५१.४ किलोवाट आवर भर्सनको ४७३ किलोमिटरबाट बढेर ५१० किलोमिटर पुगेको दाबी गरिएको छ ।

क्रेटा इलेक्ट्रिक नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको एक चर्चित एसयूभी हो । नेपालमा यसको ४२ किलोवाट आवर भर्सन ४ वटा भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ५१ लाख ९६ हजारदेखी ५९ लाख ९६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

सन् २०२४ : भारतमा हुन्डाईको रेकर्ड हाई सेल

सन् २०२४ : भारतमा हुन्डाईको रेकर्ड हाई सेल

हुन्डाई इन्डियाले भारतको घरेलु बजारमा सन् २०२४ मा रेकर्ड हाई सेल अर्थात...

टाटा ईभीसंग प्रतिस्पर्धा गर्न हुन्डाईले तीन नयाँ मोडल ल्याउँदै

टाटा ईभीसंग प्रतिस्पर्धा गर्न हुन्डाईले तीन नयाँ मोडल ल्याउँदै

हुन्डाईले बहुप्रतिक्षित क्रेटा इलेक्ट्रिकको लन्चसंगै ईभी सेग्मेन्टमा थप...

सस्तो भएर आयो हुन्डाई आई२०, नयाँ भेरिएन्ट ६ लाख भारुमा लन्च

सस्तो भएर आयो हुन्डाई आई२०, नयाँ भेरिएन्ट ६ लाख भारुमा लन्च

हुन्डाईले आई२० को नयाँ इन्ट्री लेभल भेरिएन्ट लन्च गरेको छ । कम्पनीले नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...