नेपाली बजारमा औपचारिक रुपमा भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लन्च गरेको छ । नेपाली बजारमा विगत २ वर्षदेखि बिक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ । केही दिन पहिले यो गाडी हुन्डाई सोरुममा उपलब्ध भए पनि कम्पनीले हालै यसको औपचारिक लन्च गरिएको जानकारी दिएको हो ।

कोनाको इन्टेरियर तथा एक्सटेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्ने छन् । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी फिचर थप भएर आएको छ । नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ ।

एक्सटेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । अब कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको भनाइ छ ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सिीट रहन गई रेन्जसमेत बढ्ने छ । ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्यान्डलिङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ ।

कोनामा रहेको ८ इन्चको टचस्क्रिनयुक्त भिजुअल नेभिगेसन सिस्टमले ड्राभिङ एक्सपेरियन्सलाई उच्च स्तरीय बनाउँछ । नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट जस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध हुने बताइएको छ ।

पहिलाको कोनाले जस्तै यो नयाँ कोनाले बजारमा धेरै ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको बताएको छ । इलेक्ट्रिक भेइकलको लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर विस्तार गर्दै आएको छ । हाल नेपालका विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको बताइएको छ । कम्पनीले नेपालमा ईभी बेच्ने मात्र नभएर ईभी कल्चरको नै विकास गर्नका लागि यसै वर्ष भित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको बताएको छ ।

यसको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

रिडारा आरडी६ पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

रिडारा आरडी६ पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

काठमाडाैं – नेपालमा रिडाराकाे आधिकारिक वितरक सीजी मोटर्सले गीली अटो...

टाटा ईभीको बजार हिस्सामा भारी गिरावट, एमजी र महिन्द्राले पछ्याउँदै

टाटा ईभीको बजार हिस्सामा भारी गिरावट, एमजी र महिन्द्राले पछ्याउँदै

काठमाडौं–केहि समय अघिसम्म एकछत्रजस्तै बजार लिएको टाटा ईभीले पछिल्लो समय...

गरुड सेक्युरिटजले किन्यो एकै दिनमा १० थान नियू इलेक्ट्रिक स्कुटर

गरुड सेक्युरिटजले किन्यो एकै दिनमा १० थान नियू इलेक्ट्रिक स्कुटर

गरुड सेक्युरिटिजले एकैदिनमा नियू ब्रान्डको १० थान गोभा ०५ इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...