३ लाख फरक मूल्यमा हुन्डाईको इलेक्ट्रिक कार कोना र कोना फेसलिफ्ट : यस्ता छन् ८ फरक

नेपाली बजारमा केही समय पहिले हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट भित्रिएको छ । यो भन्दा पहिले देखि नै नेपाली बजारमा हुन्डाई कोना बिक्री भइरहेको थियो ।

पहिले देखि नै बिक्री भइरहेको हुन्डाई कोनाको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ र नयाँ फेसलिफ्ट कोनाको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । फेसलिफ्ट कोना हेर्दा पहिलेको कोना भन्दा आकर्षक देखिनुका साथै यसमा विभिन्न प्रकारका फरक फिचर समेत उपलब्ध छन् ।

पहिलेको कोनामा फरक प्रकारको टेक्स्चर थियो भने अहिले प्लेन खाले छ । यसले गाडीलाई प्रिमियम अनुभूति दिएको छ ।

यसमा थ्री लेयर्ड अर्थात तीन लेयरको एलईडी हेडलाइट छ । लो बिम गर्दा थोरै र हाई बिम गर्दा तीनवटै लाइट बल्ने गर्छ । यसले गाडीको लुक्सलाई अझै आकर्षक बनाएको छ ।

यसको ग्रिल प्लेन खालेको छ । यसमा सिल्भर लाइनिङ दिइएको छ । यस प्रकारको लाइनिङका कारण लुक्समा निखारता आएको छ ।

पहिले नभएको र अहिले भएको एउटा महत्वपूर्ण फिचर सनरुफ हो । हुन्डाईले पछिल्लो समयमा सबै गाडीमा दिन थालेको सनरुफको सुविधा हुन्डाई कोनामा समेत उपलब्ध गराएको छ ।

पहिले १०० र १५० किलोवाट क्षमताको मोटर उपलब्ध हुन्डाई कोना उपलब्ध थियो भने अहिले एउटा मात्र १०० किलोवाट क्षमताको कोना उपलब्ध छ ।

ह्विलको बनावट पनि पहिले भन्दा फरक र आकर्षक छ । यो अझै बढी एरोडाइनामिक्स डिजाइनमा उपलब्ध छ ।

पहिले ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम भएकोमा अहिले ८ इन्चको उपलब्ध छ । पहिले एनालग क्लस्टर भएकोमा अहिले १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ ।

पछिल्लो भागमा रहेको बम्परमा पनि सिल्भर क्रोम फिनिसिङ उपलब्ध छ । त्यसैगरी रियर एलईडी टेलल्याम्प पनि पहिले भन्दा फरक आएको छ । फाइन ट्युनिङ भएर आएको छ ।

यस्ता फरक भए पनि अन्य फिचर भने दुवै गाडीमा उही छन् । दुवैमा लेदर सिट, पावर सिट, हिटेड सिट, भेन्टिलेटेड सिट आदि सबै छ । त्यसैगरी सुरक्षाका लागि विभिन्न प्रकारका एयरब्याग उपलब्ध छन् । पुस बटन स्टार्टलगायतका विभिन्न फिचर समेत उपलब्ध छन् ।

हुन्डाई कोना फेसलिफ्टमा १०० किलोवाट मोटर र ३९.२ किलोवाट आवर क्षमताको ब्याट्री अप्सन छ । यसले सिंगल चार्जमा ३१२ किलोमिटरको रेन्ज दिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

२०२४ मा सबैभन्दा बढी बिक्री हुने कारको तथाङ्क सूची सार्वजनिक भइसकेको छ ।...

बढ्यो हुन्डाई गाडीको मूल्य, आज देखि लागू

बढ्यो हुन्डाई गाडीको मूल्य, आज देखि लागू

काठमाडौं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

हुन्डाईको सबैभन्दा सानो एसयूभीको नाम हुनेछ क्यास्पर

हुन्डाईको सबैभन्दा सानो एसयूभीको नाम हुनेछ क्यास्पर

हुन्डाईले ‘एएक्स१’ कोडनेम दिएर विकास गरिरहेको सबैभन्दा सानो एसयूभीको नाम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...