नेपालमा ओकायाका इलेक्ट्रिक स्कुटर भित्रिने, वृद्धि–शशीलासँग मिलेर पूर्वाधार निर्माण गर्ने
काठमाडौं – पहिले ओकाया पावर ग्रुप भनेर चिनिने ओकाया इनर्जी एण्ड...
हुन्डाई मोटर्सको वहु प्रतिक्षित इलेक्ट्रिक कार आयोनिक६ आज कोरियामा लन्च भएको छ । इलेक्ट्रिक ग्लोवल मोडुलर प्लेटफर्ममा निर्माण गरिएको यो कारले अमेरिकन ब्रान्ड टेस्लाको सर्वाधिक विक्री हुने सेडान कार मोडल वाईसंग प्रतिस्पर्धा गर्ने देखिएको छ । यो प्लेटफर्मममा हुन्डाईले यसअघि आयोनिक ५ लाई निर्माण गरिसकेको छ ।
आयोनिक ६ मा ७७.४ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ । जसको अधिकतम पावर ३२० एचपी र टर्क ६०५ एनएम रहेको छ । यो कारलाई एकपटक फूल चार्ज गर्दा ६१० किलोमिटर यात्रा गर्न सकिने दावी गरिएको छ ।
यो नयाँ कारमा अत्याधुनिक प्रविधी र विशेषता दिइएको छ । यसमा १२ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, फ्लोटिङ डिस्पले, धेरै स्थानमा टाइप सी र टाइप ए यूएसवी पोर्ट, एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट, ६४ कलरको एम्विएन्ट लाइट र लक्जरी सिट उपलब्ध गराइएको छ ।
इलेक्ट्रिक कारको निर्माणमा आक्रमक देखिएको कियाले सन् २०३० सम्ममा ३१ भन्दा बढी नयाँ इलेक्ट्रिक कार लन्च गरिसक्ने उद्घोष गरेको छ । जसका लागी उसले कोरीयामै २० अर्व भन्दा बढी यूरो लगानी गरेर इभी डेडिकेटेड प्लान्ट निर्माणलाई अघि बढाइसकेको छ भने अमेरिकामा व्याट्री सहित निर्माण गर्ने अर्को प्लान्ट अघि बढाएको छ ।
काठमाडौं – पहिले ओकाया पावर ग्रुप भनेर चिनिने ओकाया इनर्जी एण्ड...
नर्वे इलेक्ट्रिक सवारी साधनतर्फको रूपान्तरणमा ऐतिहासिक उपलब्धिको नजिक...
काठमाडौं–चीनमा निकै राम्रो बजार पाइरहेको लिपमोटरले न्यू इनर्जी भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...