यस्तो छ वर्ल्ड कार अवार्डमा एकै पटक ३ अवार्ड पाएको हुन्डाई आयोनिक ६ : कहिले आउला नेपाल ?

हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ६ ले एकै पटक तीन क्याटागोरीमा वर्ल्ड कार अवार्ड जितेर चर्चा पाएको छ । हुन्डाई आयोनिक ६ न्युयोर्क इन्टरनेसनल अटो शोमा वर्ल्ड कार अफ द इयर घोषित भएको हो । हुन्डाईको सो इलेक्ट्रिक कारले अन्य दुई पुरस्कार वर्ल्ड इलेक्ट्रिक भेइकल र वर्ल्ड कार डिजाइन अफ द इयर अवार्ड समेत प्राप्त गरेको छ ।

हुन्डाईको डेडिकेटेड अल इलेक्ट्रिक लाइन अप ई–जीएमपी आर्किटेक्चरमा बनेको यो दोस्रो इलेक्ट्रिक कार हो । यो भन्दा पहिले आयोनिक ५ पनि यही आर्किटेक्चरमा बनेको हो । यसले ८०० भोल्टको अल्ट्रा फास्ट चार्जिङ क्षमता उपलब्ध गराउछ । यसबाट १८ मिनेटमै सो कारको ब्याट्री १० देखि ८० प्रतिशत सम्म चार्ज हुन्छ । यसले सिंगल चार्जमा ६१४ किलोमिटरको रेन्ज दिन्छ । सो इलेक्ट्रिक कार ५३.० केडब्ल्युएच ब्याट्री र ७७.४ केडब्ल्युएचको ब्याट्री गरी २ वटा ब्याट्री भेरिएन्टमा उपलब्ध छ ।

सो गाडीमा भेइकल टु लोड (भीटुएल) टेक्नोलोजीका साथै ड्राइभर असिस्टेन्स सिस्टम र ओभर द एयर (ओटीए) सफ्टवेयर अपडेट सहितको एड्भान्स कनेक्टिभिटी छ ।

यसमा भएका स्पिड सिंक लाइटिङ, ईभी पर्फमेन्स ट्यन अप र इलेक्ट्रिक एक्टिभ साउन्ड डिजाइन (ई–एएसडी) जस्ता फिचरले ड्राइभिङ अनुभवलाई अझै स्तरीय बनाउन भूमिका खेल्छन् ।

यो गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति ५.१ सेकेन्डमै लिन सक्छ भने टप स्पिड १८५ किलोमिटर प्रतिघण्टा छ ।

नेपाल आउने सम्भावना
नेपालमा हाल हुन्डाईको आयोनिक ५ बिक्रीका लागि उपलब्ध छ । नेपाली बजारमा हुन्डाईका गाडी बिक्री–वितरण गरिरहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले भविष्यमा आयोनिक ६ पनि उपलब्ध हुने बताएको छ ।

यद्यपि हाल नेपाली बजारमा विभिन्न कारणले सवारी साधनको बिक्रीमा कमी आइरहेको कारण यो गाडी पनि तत्कालै नेपाल आउने सम्भावना भने छैन । स्थिति सहज हुँदै गएको अवस्थामा यो गाडी पनि नेपाल ल्याउने प्रक्रिया अगाडि बढ्ने र त्यस पश्चात नेपाली नयाँ वर्ष २०८० मै यो गाडी नेपाल आउने अपेक्षा गर्न सकिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सस्तो भएर आयो हुन्डाई आई२०, नयाँ भेरिएन्ट ६ लाख भारुमा लन्च

सस्तो भएर आयो हुन्डाई आई२०, नयाँ भेरिएन्ट ६ लाख भारुमा लन्च

हुन्डाईले आई२० को नयाँ इन्ट्री लेभल भेरिएन्ट लन्च गरेको छ । कम्पनीले नयाँ...

हुन्डाई क्रेटा ११ भेरिएन्टमा उपलब्ध, यस्तो छ सबै भेरिएन्टको मूल्य

हुन्डाई क्रेटा ११ भेरिएन्टमा उपलब्ध, यस्तो छ सबै भेरिएन्टको मूल्य

एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयूभी नेपाल...

हुन्डाई आई–२० मा थपियो नयाँ भेरिएन्ट, यस्ता छन् सुबिधा

हुन्डाई आई–२० मा थपियो नयाँ भेरिएन्ट, यस्ता छन् सुबिधा

हुन्डाईले आई–२० ह्याचब्याकको नयाँ भेरियन्ट ल्याएको छ । स्पोर्टज्(ओ) नामले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...