फ्युचरिस्टिक डिजाइनमा उपलब्ध इलेक्ट्रिक कार आयोनिक ५ को नेपालमा भयो बिक्री सुरु

काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेइकल आयोनिक–५ विक्री सुरु गर्ने तयारी पूरा गरेको छ । नयाँ आयोनिक–५ फ्युचरिस्टिक अर्थात भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ ।

हुन्डाई आयोनिक–५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको छ । आयोनिक–५ हुन्डाईको नयाँ आयोनिक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रिक भेइकल प्लेटफर्म’ मा बनेको हो ।

आयोनिक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको बताएको छ ।

हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’ मा निर्माण भएको आयोनिक–५ मा रियर ह्विल ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा सोलार वा भिजन रुफ, भेइकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मोनिटर तथा भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

हाल नेपाली बजारमा उपलब्ध दुई भेरिएन्ट मध्ये प्यानोरामिक सनरुफयुक्त भेरिएन्टको मूल्य ८० लाख ९६ हजार र सोलार सनरुफयुक्त भेरिएन्टको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । म्याट कलर कलर किन्न चाहने ग्राहकले ६० हजार अतिरिक्त रकम तिर्नु पर्नेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक–५ को लन्चिङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रिक कारको लागि मात्रै शोरुम संचालनमा ल्याएको छ । ईभीको लागि मात्रै बन्ने शोरुममा अहिले विक्री भइरहेको कोना, आयोनिक र आयोनिक ५ राखिने छ ।

इलेक्ट्रिक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम एक्सपेरियन्स प्रदान गर्न सफल हुने विश्वास लिएको कम्पनीले बताएको छ । कम्पनीले ईभी बिक्री मात्र गर्ने नभई नेपालमा ईभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तयारी गरिरहेको बताएको छ । कम्पनीले ईभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादक मध्ये एक हो । कम्पनीले उत्कृष्ट क्वालिटीको भेइकल बनाउदै विश्वका करौडौ ग्राहकहरुको मन जित्न सफल भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले ल्यायो नयाँ इन्फोटेनमेन्ट र अपरेटिङ सिस्टम, यस्तो छ विशेषता

हुन्डाईले ल्यायो नयाँ इन्फोटेनमेन्ट र अपरेटिङ सिस्टम, यस्तो छ विशेषता

हुन्डाईले सियोलमा भएको आफ्नो ’प्लेओस २५’ डेभ्लपर सम्मेलनमा नयाँ...

हुन्डाईको प्रिमियम ह्याचब्याक आई३० स्पोर्टी लुकमा आउँदै

हुन्डाईको प्रिमियम ह्याचब्याक आई३० स्पोर्टी लुकमा आउँदै

हुन्डाई मोटर्सले यो वर्ष निकै आक्रामक रुपमा आफ्नो उत्पादन भारतमा लन्च...

हुन्डाईले ल्यायो नयाँ वर्ष अफर, गाडी खरिदमा यस्ता छन् आकर्षक अफर

हुन्डाईले ल्यायो नयाँ वर्ष अफर, गाडी खरिदमा यस्ता छन् आकर्षक अफर

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...