पोखरा थन्डर्सलाई लक्ष्मी हुन्डाईको साथ, बन्यो प्लाटिनम स्पोन्सर
काठमाडौँ – नेपालको लागि हुन्डार्ई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी...
दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ इलेक्ट्रिक कार आयोनिक ५ लन्च गर्ने तयारी गरिरहेको छ ।
हुन्डाई आयोनिक ५ एक इलेक्ट्रिक कार हो । सो कार ई–जीएमपी वा इलेक्ट्रिक–ग्लोबल मोड्युलर प्लेटफर्ममा निर्माण गरिएको हो । हुन्डाईले यो प्लेटफर्म विशेषगरी इलेक्ट्रिक सवारीका लागि विकास गरेको हो । आयोनिक ५ यस प्लेटफर्ममा निर्माण हुने पहिलो गाडी हो ।
आयोनिक ५ मा पाङ्ग्राहरू छेउतिर राखिएको छ जसले ह्विलबेसलाई बढाइएको छ भने क्याबिन स्पेस पनि ठुलो बनाएको छ । यो एक ईभी प्लेटफर्म भएकोले बीचमा कुनै कर्भ छैन । यसको भुइँ पूरै समतल छ । आयोनिक ५ मा पर्याप्त सिट क्षमता छ र ड्यासबोर्ड पातलो बनाइएको छ । क्याबिनको स्पेस ठुलो देखाउनका लागि सेन्ट्रल कन्सोललाई अगाडि सार्न सकिन्छ ।
हुन्डाईले आयोनिक ५ रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ गरी दुई कन्फिगरेसनमा उपलब्ध छ । रियर ह्विल ड्राइभमा सिंगल मोटर सेटअप छ । जसले अधिकतम १६९ बीएचपी पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । अल ह्विल ड्राइभ भर्सनमा ड्युअल मोटर सेटअप रहेको छ । यसमा दुबै एक्सलमा एक इलेक्ट्रिक मोटर छ । जसले अधिकतम ३०६ बीएचपीको पावर र ६०५ एनएमको टर्क जेनेरेट गर्छ ।
यसको साथै कारमा दुईवटा ब्याट्री प्याक ५८ केडब्ल्युएच र ७२.६ केडब्ल्युएच पनि उपलब्ध छन् । ५८ केडब्ल्युएच ब्याट्रीको ड्राइभिङ रेन्ज ३८५ किलोमिटर र ७२.६ केडब्ल्युएच ब्याट्रीको ड्राइभिङ रेन्ज ४८१ किलोमिटर छ । यसको ३५० केडब्ल्युको फास्ट चार्जरको साथ १८ मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
नेपाली बजारमा पनि यो कार छिट्टै नै ल्याउने तयारीका साथ कार्य भइरहेको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।
काठमाडौँ – नेपालको लागि हुन्डार्ई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी...
हुन्डाईले भारतमा भेन्यूको नयाँ भेरिएन्ट लन्च गरेको छ । एस प्लस भेरिएन्टमा...
हुन्डाई मोटरले आफ्नो इलेक्ट्रिक ब्रान्ड आयोनिक चीन प्रवेश गरेको औपचारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...