नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी) को विजेता हुन्डाई एक्सटर बनेको छ ।

हुन्डाई एक्सटरले मारुती सुजुकी जिम्नी, होन्डा एलिभेट र टोयोटा इनोभा हाइक्रसलाई पछि पार्दै सो अवार्ड हात पारेको हो । प्रतिस्पर्धामा यो वर्ष लन्च भएका सिट्रोन सी३ एयरक्रस, हुन्डाई भरना, महिन्द्रा एक्सयूभी ४०० र एमजी कोमेट लगायतका सवारी साधन संलग्न थिए ।

त्यसैगरी बीएमडब्ल्यु ७ सिरिजले प्रिमियम कार अफ द इयर अवार्ड पाएको छ भने हुन्डाई आयोनिक ५ ले ग्रिन कार अफ द इयर अवार्ड पाएको छ ।

अटोमोबाइलसँग सम्बद्ध व्यावसायिक पत्रकारहरु संलग्न जुरीद्वारा छनोट गरिने यो अवार्ड प्रतिष्ठित मानिन्छ ।

नेपाली बजारमा हुन्डाई एक्सटर भने बिक्रीका लागि उपलब्ध भइसकेको छैन । गत भदौमा सम्पन्न नाडा अटो शोमा नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सो गाडी प्रदर्शन गरेको थियो र बुकिङ पनि प्रारम्भ गरेको थियो ।

आगामी नयाँ वर्ष २०२४ पश्चात यो गाडी पनि नेपाली बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई...

अनुहार देखाएरै खुल्ने छ जेनेसिस जीभी६० को ढोका

अनुहार देखाएरै खुल्ने छ जेनेसिस जीभी६० को ढोका

हुन्डाई मोटर ग्रुपको लक्जरी भेइकल डिभिजन जेनेसिसले बजारमा ल्याउने घोषणा...

ईभीको पर्फमेन्स र रेन्ज बढाउन हुन्डाईले ल्यायो ‘एक्टिभ एयर स्कर्ट’ प्रविधि

ईभीको पर्फमेन्स र रेन्ज बढाउन हुन्डाईले ल्यायो ‘एक्टिभ एयर स्कर्ट’ प्रविधि

हुन्डाई मोटर समूहले आफ्नो विद्युतीय सवारीका लागि नयाँ ‘एक्टिभ एयर स्कर्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...