आज नयाँ हुन्डाई भेन्यु लन्च हुँदै, के छ विशेषता ?
भारतीय बजारमा आज हुन्डाईले भेन्युको नयाँ भर्सन लन्च गर्दैछ । कम्पनीले...
भारतमा लकडाउन पछि अटोमोबाइलले चाँडै रिकभरी गरेको छ । यो वर्ष कार निर्माता कम्पनीले भारतमा नयाँ कार लन्च गर्ने योजना बनाइरहेका छन् ।
भारतमा लन्च भएका अधिकांश गाडी नेपाली बजारमा पनि छिट्टै नै आउने गरेका छन् । नेपाली बजारमा समेत यही वर्ष यी गाडी आउन सक्छन् ।
हुन्डाई अल्काजार
हुन्डाईले आधिकारिक रुपमा हुन्डाई अल्काजार कारको पर्दा हटाइएको छ । सो एसयूभी केही महिनामा बिक्रीको लागि तयारीमा रहेको छ । जसको मूल्य ११ लाख ५० हजार भारु रहेको छ । सो एसयूभी ६ सिटर एडिसन र ७ सिटरमा प्रस्तुत गरिनेछ । अल्काजारमा २.० लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन समावेश गरिएको छ । पेट्रोल इन्जिनले १५९ पीएसको पावर जेनेरेट गर्छ र डिजेल इन्जिनले ११५ पीएसको पावर जेनेरेट गर्छ ।
महिन्द्रा एक्सयूभी७००
महिन्द्रा भारतीय बजारको लागि एक्सयूभी५०० को नयाँ जेनेरेसनमा काम गरिरहेको छ । जसलाई कैयौ पटक परीक्षणको समयमा देखिएको छ । कम्पनीले एक्सयूभी७०० यही वर्ष लन्च गर्ने तयारीमा रहेको छ ।
नयाँ एक्सयूभी७०० मा २.२ लिटर एमहक डिजेल इन्जिन समावेश गरिएको छ । जसले १८० हर्सपावरको क्षमता प्रदान गर्छ । जबकि एसयूभीको साथमा २.० लिटर पेट्रोल इन्जिन पेश गरिनेछ जसले १९० हर्सपावर र ३८० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्वर्टर अटोमेटिक ट्रान्समिसनमा प्रस्तुत गरिनेछ ।
नयाँ जेनेरेसन महिन्द्रा स्कोर्पियो
महिन्द्राको नयाँ एक्सयूभी७०० को साथै नयाँ जेनेरेसन स्कोर्पियो पनि पाइपलाइनमा रहेको छ । जसको तस्विर परीक्षणको समयमा देखा परेको थियो । नयाँ स्कोर्पियोको इन्टेरियर र एक्सटेरियर नयाँ डिजाइनको हुनेछ । नयाँ स्कोर्पियोमा पुरानो मोडलको तुलनामा बढी डाइमेन्सन हुनेछ । नयाँ स्कोर्पियोमा एक्सयूभी७०० मा जस्तै दुई इन्जिनको विकल्प हुनेछ । सो एसयूभी २०२१ को मध्यमा लन्च गर्ने सम्भावना रहेको छ ।
महिन्द्रा बोलेरो नियो
२०२० मा महिन्द्राले टीयूभी३०० भारतीय बजारमा बन्द गरेको थियो । कम्पनीले सो कार बीएस६ एडिसनको साथमा भारतमा पुनः लन्च गर्ने योजना बनाएको छ । जसमा अपडेट स्टाइलको साथमा नयाँ नाम हुनेछ । यसको नाम कम्पनीले महिन्द्रा बोलेरो नियो राखेको छ ।
सो एसयूभीमा १.५ लिटर टर्बाे डिजेल इन्जिन समावेश गरिनेछ । जसले १०० पीएस र २४० एनएमको टर्क जेनेरेट गर्छ । सो कार ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटीको साथमा उपलब्ध हुने अनुमान गरिएको छ ।
किया सेल्टोस बेस्ड एमपीभी/केवाई–७
किया मोटर्स इन्डियाले भारतीय बजारमा एमपीभी र एसयूभी विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले हाल नयाँ ७ सिटर एमपीभीमा काम गरिरहेको छ । सो एसयूभी सेल्टोस एसयूभीको समान प्लेटफर्ममा आधारित हुनेछ ।
रिपोर्ट अनुसार किया एमपीभी अंग्रेजी वर्षको अन्तमा लन्च गर्ने सम्भावना रहेको छ । जसको प्रतिस्पर्धी महिन्द्रा मराजो हुनेछ । किया एमपीभी सम्भवतः १.५ लिटर पेट्रोल इन्जिन (११५ पीएस र १४४ एनएम) र १.५ लिटर टर्बाे डिजेल इन्जिन (११५ पीएस र २५० एनएम) को साथमा उपलब्ध हुनेछ । सो इन्जिन क्रेटा र सेल्टोस दुबैमा उपलब्ध रहेको छ ।
भारतीय बजारमा आज हुन्डाईले भेन्युको नयाँ भर्सन लन्च गर्दैछ । कम्पनीले...
दक्षिण कोरियाको अटो कम्पनी हुन्डाई यति बेला चर्चामा छ । चर्चामा आउनुको...
काठमाडौं– अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्क्सले महिन्द्रा बोलेरो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...