ग्लोबल डेब्यु भन्दा पहिले नै हुन्डाईले देखायो अल्काजारको एक्सटेरियर, बढायो ग्राहकको उत्सुकता

कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले चाँडै नै भारतीय बजारमा ७ सिटर एसयूभी अल्काजार लन्च गर्ने भएको छ । अनुमानित रिपोर्ट अनुसार कम्पनीको सो ७ सिटर एसयूभी अल्काजारको ग्लोबल डेब्यु ६ अप्रिल देखि भारतबाट सुरु गरिने छ ।

कम्पनीले हाले सो एसयूभीको ३८ सेकेन्डको अफिसियल भिडियो टिजर सार्वजनिक गरेको छ । जसमा सो कारको फ्रन्ट प्रोफाइलदेखि रियर र साइड प्रोफाइल लुकको बारेमा जानकारी दिइएको छ ।

हुन्डाईको सो ७ सिटर एसयूभीमा फराकिलो रुफलाइनको साथमा एलईडी डे टाइम रनिङ लाइट र प्रोजेक्टर हेडल्याम्प समावेश गरिएको छ । यसको साथै सी कलम र सी शेप एलईडी टेल ल्याम्पको साथमा नयाँ रियर बम्परले सो एसयूभीलाई आकर्षक बनाएको छ । रिपोर्टका अनुसार कम्पनीले सो कारमा १८ इन्चको अलोय ह्वील समावेश गर्ने सम्भावना रहेको छ । यो क्रेटा भन्दा ठूलो हुनेछ । क्रेटामा १७ इन्चको अलोय ह्वील रहेको छ ।

सो एसयूभी जून महिना देखि भारतीय बजारमा बिक्री गर्ने सम्भावना रहेको छ । हुन्डाई अल्काजारमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ जसलाई एन्ड्रोइड र एप्पल कारप्लेबाट कनेक्ट गरिएको छ । यसको साथै ब्लुलिंक कनेक्टिभिटीको साथमा भ्वाइस रिकग्नाइजेसन पनि उपलब्ध रहेको छ ।

नयाँ अल्काजारमा क्रेटाको इन्जिन प्रयोग गर्ने सम्भावना रहेको छ । मिडिया रिपोर्टका अनुसार सो ७ सिटर एसयूभीमा १.५ लिटरको नेचुरली एस्पायर्ड पेट्रोल इन्जिन र १.५ लिटरको डिजेल इन्जिन समावेश गरिएको छ । यसका साथै सो एसयूभीमा १.४ लिटरको टर्बाे चार्ज पेट्रोल इन्जिन समावेश गरिएको छ । सो इन्जिन ६ स्पिड म्यानुअल र ७ स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्सको साथमा उपलब्ध रहेको छ ।

https://www.youtube.com/embed/DifCSaNh3x0

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...