ठूलो ह्विलबेस, बढी माइलेज र दमदार इन्जिन सहित हुन्डाई अल्काजार सार्वजनिक

दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईको लेटेस्ट एसयूभी अल्काजारको तस्बिर र विस्तृत विवरण सार्वजनिक गरिएको छ । थ्री रो एसयूभीको रुपमा उपलब्ध सो एसयूभी ६ र ७ सिटर हुनेछ ।

क्रेटामा आधारित सो एसयूभी २ इन्जिन विकल्पको साथमा प्रस्तुत गरिएको छ । यसमा पहिलो तेस्रो जेनेरेसनको एनयू २ लिटर पेट्रोल इन्जिन र दोस्रो यू२ १.२ लिटर इन्जिन समावेश रहेको छ । यसमा पेट्रोल इन्जिनले १५९ पीएस पावर र १९१ एनएमको टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११५ पीएस पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ ।

सो एसयूभीमा ६ स्पिड म्यानुअल वा ६ स्पिड अटोमेटिक गियरबक्सको विकल्प हुने सम्भावना रहेको छ । हुन्डाईले ६ स्पिड अटोमेटिक युनिट सुपर फ्ल्याट टर्क कन्भर्टरको कारण उत्कृष्ट परफर्मेन्स र बढी माइलेज दिने दावी गरेको छ । किनकी यसले एक्सिलरेसनको समयमा फ्युलको नोक्सानीलाई कम गर्छ ।

अल्काजारमा ३ ड्राइभ मोड इको, सिटी र स्पोर्ट रहेको छ । कम्पनीले हालसम्म सो एसयूभीमा हुने फिचरको बारेमा आधिकारिक जानकारी दिएको छैन । यद्यपि सो कारमा ठूलो इन्फोटेनमेन्ट स्क्रिन, वायरलेस चार्जिङ, एयर प्युरीफायर र अन्य फिचर हुने अनुमान गरिएको छ ।

सो कार ६ र ७ सिटर कन्फिगरेसनको साथमा पेश गरिनेछ । सो कार यो सेगमेन्टमा ठूलो ह्विलबेस भएको कार हुनेछ, जुन २७६० एमएम हुनेछ । ठूलो ह्विलबेसको कारणले गर्दा मध्य र अन्तिम पंक्तिमा यात्रीहरुको लागि बढी स्पेस उपलब्ध हुनेछ । यसको मध्य पंक्तिमा कन्सोल आर्मरेस्ट र स्लाइडिङ सिट उपलब्ध हुनेछ ।

सो एसयूभी चाँडै नै लन्च गरिने सम्भावना रहेको छ । सो एसयूभी विशेषगरी भारतीय बजारको लागि तयार गरिएको हो । भारतमा लन्चिङ पछि सो एसयूभी अन्य देशमा पनि निर्यात गरिनेछ ।

सम्बन्धित समाचारहरू

भनेकै समयमा पाइदैनन् यी कार, किन्नका लागि लामो समय प्रतीक्षा गर्नु पर्ने

भनेकै समयमा पाइदैनन् यी कार, किन्नका लागि लामो समय प्रतीक्षा गर्नु पर्ने

फेस्टिभ सिजन सुरु भइसकेको छ । वर्षको अन्य दिनभन्दा यो सिजनमा अटोमोबाइल...

हुन्डाई क्रेटा र टाटा कर्भ ईभीको मूल्य, फिचर र रेन्जमा के फरक छ, जान्नुहोस्

हुन्डाई क्रेटा र टाटा कर्भ ईभीको मूल्य, फिचर र रेन्जमा के फरक छ, जान्नुहोस्

हालै हुन्डाईले अटो एक्सपो २०२५ मा आफ्नो लोकप्रिय क्रेटा एसयूभीको...

दशैंमा घर जानेका लागी हुन्डाईको १० स्थानमा निशुल्क चेक प्वाइन्ट

दशैंमा घर जानेका लागी हुन्डाईको १० स्थानमा निशुल्क चेक प्वाइन्ट

काठमाडौं– के तपाँई दशैंमा हुन्डाई गाडी लिएर घर जाँदै हुनुहुन्छ ? चाडबाडको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...