ठूलो ह्विलबेस, बढी माइलेज र दमदार इन्जिन सहित हुन्डाई अल्काजार सार्वजनिक

दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईको लेटेस्ट एसयूभी अल्काजारको तस्बिर र विस्तृत विवरण सार्वजनिक गरिएको छ । थ्री रो एसयूभीको रुपमा उपलब्ध सो एसयूभी ६ र ७ सिटर हुनेछ ।

क्रेटामा आधारित सो एसयूभी २ इन्जिन विकल्पको साथमा प्रस्तुत गरिएको छ । यसमा पहिलो तेस्रो जेनेरेसनको एनयू २ लिटर पेट्रोल इन्जिन र दोस्रो यू२ १.२ लिटर इन्जिन समावेश रहेको छ । यसमा पेट्रोल इन्जिनले १५९ पीएस पावर र १९१ एनएमको टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११५ पीएस पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ ।

सो एसयूभीमा ६ स्पिड म्यानुअल वा ६ स्पिड अटोमेटिक गियरबक्सको विकल्प हुने सम्भावना रहेको छ । हुन्डाईले ६ स्पिड अटोमेटिक युनिट सुपर फ्ल्याट टर्क कन्भर्टरको कारण उत्कृष्ट परफर्मेन्स र बढी माइलेज दिने दावी गरेको छ । किनकी यसले एक्सिलरेसनको समयमा फ्युलको नोक्सानीलाई कम गर्छ ।

अल्काजारमा ३ ड्राइभ मोड इको, सिटी र स्पोर्ट रहेको छ । कम्पनीले हालसम्म सो एसयूभीमा हुने फिचरको बारेमा आधिकारिक जानकारी दिएको छैन । यद्यपि सो कारमा ठूलो इन्फोटेनमेन्ट स्क्रिन, वायरलेस चार्जिङ, एयर प्युरीफायर र अन्य फिचर हुने अनुमान गरिएको छ ।

सो कार ६ र ७ सिटर कन्फिगरेसनको साथमा पेश गरिनेछ । सो कार यो सेगमेन्टमा ठूलो ह्विलबेस भएको कार हुनेछ, जुन २७६० एमएम हुनेछ । ठूलो ह्विलबेसको कारणले गर्दा मध्य र अन्तिम पंक्तिमा यात्रीहरुको लागि बढी स्पेस उपलब्ध हुनेछ । यसको मध्य पंक्तिमा कन्सोल आर्मरेस्ट र स्लाइडिङ सिट उपलब्ध हुनेछ ।

सो एसयूभी चाँडै नै लन्च गरिने सम्भावना रहेको छ । सो एसयूभी विशेषगरी भारतीय बजारको लागि तयार गरिएको हो । भारतमा लन्चिङ पछि सो एसयूभी अन्य देशमा पनि निर्यात गरिनेछ ।

सम्बन्धित समाचारहरू

क्यास्पर जस्तो डिजाइन भएको इलेक्ट्रिक माइक्रो एसयूभी हुन्डाई इन्स्टर

क्यास्पर जस्तो डिजाइन भएको इलेक्ट्रिक माइक्रो एसयूभी हुन्डाई इन्स्टर

हुन्डाईले हुन्डाई इन्स्टर इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ ।...

क्रेटा, भेन्यू र आई२० मा हुन्डाईले थप्यो यी नयाँ फिचर

क्रेटा, भेन्यू र आई२० मा हुन्डाईले थप्यो यी नयाँ फिचर

हुन्डाईले क्रेटा, भेन्यू र आई२० मा नयाँ सेफ्टि फिचर सहित अन्य विशेषता थप...

हुन्डाईका गाडी टेस्ट ड्राइभ गर्दा फिफा विश्वकप २०२६ खेल प्रत्यक्ष हेर्ने अवसर

हुन्डाईका गाडी टेस्ट ड्राइभ गर्दा फिफा विश्वकप २०२६ खेल प्रत्यक्ष हेर्ने अवसर

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...