अप्रिल ७ मा ग्लोबल डेब्यु हुँदै हुन्डाई अल्काजार, यस्तो छ डिजाइन

हुन्डाई अल्काजार एसयूभी अन्तर्राष्ट्रिय बजारमा लन्च हुने तयारी अवस्थामा रहेको छ । हुन्डाईको क्रेटामा आधारित सो एसयूभी ग्लोबल डेब्यु भन्दा पहिला टिजर सार्वजनिक गरिएको छ । जसमा सो एसयूभीको इन्टेरियर र एक्सटेरियर डिजाइन स्केचको बारेमा खुलासा गरेको छ । ७ सीटरको सो एसयूभी ग्लोबल डेब्यु ६ अप्रिलमा हुनेछ । नयाँ एसयूभीको लम्बाई अलि बढी हुनेछ । साथै यो ५ सिटर क्रेटाको तुलनामा बढी प्रिमियम लुकको हुनेछ । सो कारको तेस्रो पंक्तिमा २ जना बस्न मिल्ने सिट रहेको छ । यसको बीचको पंक्तिलाई क्याप्टेन सिट समावेश गरिएको छ । अल्काजारको रियर ओभरहेड बढाइएको छ । जसमा चौडा सी–पिलर रहेको छ । अल्काजारमा फरक टेलगेट डिजाइनको साथै -यापराउन्ट टेलल्याम्प रहेको छ । यसको बम्पर थोरै उच्च र फक्स स्किड प्लेट प्रमुख रहेको छ । सो कारमा खास प्रकारको अलोय ह्वील डिजाइन समावेश गरिएको छ । साथै फ्रन्ट ग्रिलमा केही परिवर्तन गरिएको छ । हुन्डाई अल्काजारमा २०२० हुन्डाई क्रेटाको भन्दा राम्रो फिचर र इक्विपमेन्ट हुनेछ । दोस्रो पंक्तिको यात्रीको लागि वायरलेस चार्जिङ प्याड समावेश गरिएको छ । नयाँ एसयूभीमा ब्लुलाइन कनेक्टेड कार टेक्नोलोजीको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, भेन्टिलेटेड सिट, फ्ल्याट बटम स्टेयरिङ ह्वील, ३६० डिग्री क्यामेरा, प्यानोरमिक सनरुफ जस्ता फिचर समावेश हुनेछ । सेफ्टीको लागि सो कारमा ६ एयरब्याग, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, आईसोफिक्स माउन्टेड सिट, हिल स्टार्ट, एन्टि लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन जस्ता फिचर हनेछ । हुन्डाई ७ सिटर एसयूभीमा ५ सिटर क्रेटा एसयुभीको इन्जिन प्रयोग गरिएको छ । यसमा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर जीडीआई टर्बाेचार्ज्ड पेट्रोल इन्जिन समावेश गरिएको छ । कारको ट्रान्समिसन विकल्पको रुपमा क्रेटा जस्तै हुने अनुमान गरिएको छ । सो इन्जिनको साथमा ६ स्पिड म्यानुअल र ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स समावेश रहेको छ । रिपोर्टका अनुसार सो एसयूभीको मूल्य जुनमा घोषणा गरिनेछ । अनुमानित रिपोर्ट अनुसार सो ७ सिटर एसयूभीको एक्स शोरुम मूल्य १४ लाख देखि २० लाख भारु हुने अनुमान गरिएको छ । भारतीय बजारमा लन्चिङ पछि सो ७ सिटर अल्काजार एसयूभी एमजी हेक्टर प्लस, नयाँ लन्च भएको टाटा सफारी, ७ सिटर एसयूभी जीप कम्पास र सोही सेगमेन्टको अन्य कारसँग प्रतिस्पर्धा हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...