थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट
होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...
काठमाडौं – नेपालको इतिहासमै पहिलो पटक हाइड्रोजन कारमा ग्यास भरिएको छ ।
काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक निर्माण गरिएको हाइड्रोजन रिफ्युलिङ स्टेशन सञ्चालनमा ल्याई सो स्टेशनबाट हाइड्रोजन ग्यास रिफ्युल गरिएको हो ।
विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसिएट प्रा.डा. विराजसिंह थापाका अनुसार स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि कारमा हाइड्रोजन हालिएको हो ।
उनले आफ्नो फेसबुक पेजमा समेत यस सम्बन्धी भिडियो सार्वजनिक गरेका छन् ।
उक्त स्टेशनबाट केयूले कोरियाबाट ल्याएको हुन्डाई कम्पनीको नेक्सन ब्राण्डको हाइड्रोजन फ्युल सेलयुक्त गाडीमा पहिलोपटक हाइड्रोजन ग्यास भरेको हो ।
विश्वविद्यालयले अनुसन्धान प्रयोजनका लागि गत मंसिरमा उक्त गाडी नेपाल ल्याएको थियो । तर, फ्युल स्टेशन निर्माण कार्य पूरा नहुँदा उक्त गाडी सञ्चालन गर्न सकिएको थिएन । फ्युल स्टेशन उद्घाटनसँगै उक्त सवारी साधन सञ्चालन गर्ने बाटो खुला भएको छ ।
यो परीक्षणसँगै नेपालमा हाइड्रोजनको उत्पादन र हाइड्रोजनयुक्त गाडीको सञ्चालन गर्न सकिने प्रमाणित भएको थापा बताउँछन् । फ्युल स्टेशनको सफल परीक्षण भएसँगै अब हाइड्रोजनको उत्पादन, देशभर फ्युल स्टेशन निर्माण गर्ने र हाइड्रोजनयुक्त गाडी आयात र दर्तासम्बन्धी कानून बनाएर अघि बढ्ने बाटो खुला भएको ल्याब प्रमुख थापा बताउँछन् ।
लामो समयको प्रयासपछि विश्वविद्यालयले हाइड्रोजन उत्पादनमा सफलता प्राप्त गरेको छ । यस कार्य सफल गर्नु सगरमाथा चढनु सरहको अनुभव भएको डा। थापाले प्रतिक्रिया दिए । अविरल र अथक प्रयासपछि पाएको यस सफलताले विधिवत् रुपमा हाइड्रोजन युगमा नेपाललाई प्रवेश गराएको उनको भनाइ छ ।
अब औपचारिक रुपमा कार्यक्रम गरेर यस रिफिल स्टेसनको उद्घाटन गर्ने उनले बताए । आजको दिन देशका लागि हाइड्रोजन डे भएको समेत उनले बताएका छन् ।
यी सबै कार्यका लागि आफ्नो टिमप्रति गौरवान्वित भएको उनले उल्लेख गरेका छन् ।
होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...
काठमाडाैं – आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई...
काठमाडौं – नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...