नेपालमै पहिलो पटक कारमा भरियो हाइड्रोजन ग्यास, खुुसी मनाउदै केयु

काठमाडौं – नेपालको इतिहासमै पहिलो पटक हाइड्रोजन कारमा ग्यास भरिएको छ ।

काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक निर्माण गरिएको हाइड्रोजन रिफ्युलिङ स्टेशन सञ्चालनमा ल्याई सो स्टेशनबाट हाइड्रोजन ग्यास रिफ्युल गरिएको हो ।

विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसिएट प्रा.डा. विराजसिंह थापाका अनुसार स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि कारमा हाइड्रोजन हालिएको हो ।

उनले आफ्नो फेसबुक पेजमा समेत यस सम्बन्धी भिडियो सार्वजनिक गरेका छन् ।

उक्त स्टेशनबाट केयूले कोरियाबाट ल्याएको हुन्डाई कम्पनीको नेक्सन ब्राण्डको हाइड्रोजन फ्युल सेलयुक्त गाडीमा पहिलोपटक हाइड्रोजन ग्यास भरेको हो ।

विश्वविद्यालयले अनुसन्धान प्रयोजनका लागि गत मंसिरमा उक्त गाडी नेपाल ल्याएको थियो । तर, फ्युल स्टेशन निर्माण कार्य पूरा नहुँदा उक्त गाडी सञ्चालन गर्न सकिएको थिएन । फ्युल स्टेशन उद्घाटनसँगै उक्त सवारी साधन सञ्चालन गर्ने बाटो खुला भएको छ ।

यो परीक्षणसँगै नेपालमा हाइड्रोजनको उत्पादन र हाइड्रोजनयुक्त गाडीको सञ्चालन गर्न सकिने प्रमाणित भएको थापा बताउँछन् । फ्युल स्टेशनको सफल परीक्षण भएसँगै अब हाइड्रोजनको उत्पादन, देशभर फ्युल स्टेशन निर्माण गर्ने र हाइड्रोजनयुक्त गाडी आयात र दर्तासम्बन्धी कानून बनाएर अघि बढ्ने बाटो खुला भएको ल्याब प्रमुख थापा बताउँछन् ।

लामो समयको प्रयासपछि विश्वविद्यालयले हाइड्रोजन उत्पादनमा सफलता प्राप्त गरेको छ । यस कार्य सफल गर्नु सगरमाथा चढनु सरहको अनुभव भएको डा। थापाले प्रतिक्रिया दिए । अविरल र अथक प्रयासपछि पाएको यस सफलताले विधिवत् रुपमा हाइड्रोजन युगमा नेपाललाई प्रवेश गराएको उनको भनाइ छ ।

अब औपचारिक रुपमा कार्यक्रम गरेर यस रिफिल स्टेसनको उद्घाटन गर्ने उनले बताए । आजको दिन देशका लागि हाइड्रोजन डे भएको समेत उनले बताएका छन् ।

यी सबै कार्यका लागि आफ्नो टिमप्रति गौरवान्वित भएको उनले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचारहरू

पलेसालाई बीवाईडीको डल्फिन कार उपहार

पलेसालाई बीवाईडीको डल्फिन कार उपहार

काठमाडौं – पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी...

विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

काठमाडौं – सरकारले विद्युतीय गाडीमा थप छुट दिने निर्णय गरेको छ ।...

नेपाली बजारमा चर्चामा रहेको ईभी मलेसियामा लन्च

नेपाली बजारमा चर्चामा रहेको ईभी मलेसियामा लन्च

मलेसियामा औपचारिक रुपमा डोङफेङ बक्स ईभी लन्च भएको छ । सन् २०२२ देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...