हुलास फिनसर्भले साधारण सेयर निकाल्ने

काठमाडौँ - हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन मार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले प्रति कित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको हो ।

उक्त साधारण शेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

आइतबार लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने लिमिटेडका अध्यक्ष गोल्छाले जानकारी गराए । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ वित्तीय कम्पनी हो । 

उद्योगपति शेखर गोल्छा अध्यक्ष रहेको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले सन् २०१२ मा राष्ट्र बैंकबाट गैर बैंकिङ कम्पनीको इजाजतपत्र लिएर सेवा सुचारु गरेको थियो । कम्पनीले सवारी साधन लगायत घरायसी उपकरण, विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल फोन लगायतका सामानहरुमा सहज र सुलभ फाइनान्सको सुविधा दिदै आएको छ ।

सम्बन्धित समाचारहरू

अटो लोनमा एनएमबि बैंकको सक्रियता : ५ वर्ष सम्म एउटै ब्याजदर, इलेक्ट्रिकमा सहुलियत

अटो लोनमा एनएमबि बैंकको सक्रियता : ५ वर्ष सम्म एउटै ब्याजदर, इलेक्ट्रिकमा सहुलियत

काठमाडौं – एनएमबि बैंकले अटो लोनमा सक्रियता देखाएको छ । बजारमा उपलब्ध अटो...

प्रभु बैंकले विद्युतीय सवारी साधनमा ऋण लगानी गर्ने, लक्जेम्बर्गको एक बैंकबाट ६६ करोड प्राप्त

प्रभु बैंकले विद्युतीय सवारी साधनमा ऋण लगानी गर्ने, लक्जेम्बर्गको एक बैंकबाट ६६ करोड प्राप्त

काठमाडौं – प्रभु बैंकले विद्युतीय सवारी साधनमा लगानी गर्नका लागि...

एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने

नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...