हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीमा ६० प्रतिशत सम्म ऋण दिने, महासंघ अध्यक्ष गोल्छाको प्रतिवद्धता

काठमाडौं – गत सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र पुराना अर्थात सेकेन्ड ह्यान्ड गाडी बिक्री गरिरहेका व्यवसायीहरुको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघका बीच एक भेटघाट कार्यक्रम सम्पन्न भयो । कुनै बेला सवारी साधन बिक्रेताहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भइसकेका गोल्छा अहिले पनि अटोमोबाइल व्यवसायमा समेत संलग्न छन् ।

सो भेटघाट पश्चात रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाले हिजो एक तस्बिर सार्वजनिक गरे । यससँगै उनले रिकन्डिसन व्यवसायी र सेकेण्ड ह्यान्ड गाडीका ग्राहकको सुविधालाई ध्यानमा राख्दै हुलास फिन सर्भ लिमिटेडले फाइनान्स सुविधा प्रदान गर्ने भएको बताए । हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीको मूल्यांकन अनुसार ५० देखि ६० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएको हो ।

रिकन्डिसन अर्थात सेकेन्ड ह्यान्ड गाडीलाई बैंक तथा फाइनान्सहरुले लगानी गर्दैनन् । बैंक तथा वित्तीय संस्थाबाट फाइनान्स सुविधा प्राप्त नहुँदा धेरै रिकन्डिसन व्यवसायी र सेकेण्ड ह्यान्ड गाडी किन्ने ग्राहकहरु मर्कामा पर्दै आएका छन् । यही कुरालाई मनन गरी गोल्छाले रिकन्डिसन व्यवसायी र पुराना गाडी किन्न चाहनेहरुका लागि यो व्यवस्था गरेको बताइएको छ ।

हुलास फिनले ऋण लगानीका लागि केही व्यवसायीसँग सम्झौतासमेत गरिसकेको बताइएको छ । यसरी ऋण लगानी हुँदा व्यवसायीहरुलाई सहज हुने नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाले बताए ।

‘बैंकहरुले नयाँ गाडीहरुलाई मात्र ऋण दिने प्रचलन भएको र सेकेन्ड ह्याण्ड गाडीहरुलाई बैंकहरुले ऋण नदिने र नयाँ गाडीलाई पनि तरलता कमीको कारण देखाई ऋण नदिएको अवस्थामा हुलास फिनले ऋण उपलब्ध गराउन सुरुवात गर्नु राम्रो काम हो,’ उनले भने ।

नेपाल मात्र होइन, विश्वमै हाल नयाँ गाडी किन्न नसक्नेहरुले पुराना अर्थात सेकेन्ड ह्यान्ड चार पांग्रे सवारी साधन किन्ने प्रचलन छ । चारपांग्रे निजी सवारीसाधनको आवश्यकता भएकाहरूलाई नया गाडी खरिद गर्न सबै कुराले साथ नदिन पनि सक्छ । यस्तो अवस्थामा उपयुक्त विकल्प बन्छ सेकेन्ड ह्यान्ड अर्थात रिकन्डिसन सवारी । कतिपय उपभोक्ता पैसा भए पनि सिधै नया सवारी किन्न चाहदैनन् । नेपालमा जति पनि नया ब्रान्डका गाडी उपलब्ध छन्, ती सबै ब्रान्ड नेपालको रिकन्डिसन बजारमा समेत उपलब्ध हुन्छन् । रिकन्डिसनमा करिब ७ लाख देखि माथि दुई करोड रुपैया“भन्दा बढी मूल्यका सवारी साधन पाइने गरेका छन् ।

हिजोआज उपत्यकासहित देशका विभिन्न सहरमा सेकेन्ड ह्यान्ड साना गाडीको बजार विस्तार हुने क्रममा छ । गाडी चढ्ने चाहना भएकाले कम मूल्यमा आफूलाई मन पर्ने सवारी छानेर किन्न पाउछन् । रिकन्डिसन व्यवसाय विगतको तुलनामा व्यवस्थित समेत हुदै गएको व्यवसायीहरूको भनाइ छ । नेपालमा रिकन्डिसन व्यवसायको आकार निकै ठूलो भइसकेको छ । रिकन्डिसन हाउसहरूले प्रयोग भइसकेको सवारीसाधनलाई परीक्षण एवं मर्मत गरी पुनः बिक्री गर्छन् ।

नेपालमा समान्यतया गाडी र मोटरसाइकल गरी दुई किसिमका रिकन्डिसन हाउस सञ्चालनमा छन् । यी रिकन्डिसन हाउसहरूको व्यवसाय पनि नयाको भन्दा कम छैन । कुनै रिकन्डिसन सवारीको विक्री हुनु भनेको अर्को थप एक नया सवारीसाधनको विक्री हुनु हो किन भने पुराना सवारी बिक्री गर्ने अधिकतम सवारी धनीले नया मोडलका सवारी खरिद गर्ने गर्छन् ।

यो अवस्थामा रिकन्डिसन गाडीका लागि पनि ऋण उपलब्ध हुनु खुसीको कुरा हो । भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि यो क्षेत्रमा नयाँ कार्यको सुरुवात हुने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अटो मेकानिक्स व्यवसायी संघले ग-यो चौधरीलाई आर्थिक सहयोग

अटो मेकानिक्स व्यवसायी संघले ग-यो चौधरीलाई आर्थिक सहयोग

ललितपुरमा कार्यरत बाइक मेकानिक्सहरुको संगठन श्री नेपाल अटो मेकानिक्स...

जाडोमा कारको हेरचाह : विन्डस्क्रिनमा कुहिरो हटाउन यसो गरौ

जाडोमा कारको हेरचाह : विन्डस्क्रिनमा कुहिरो हटाउन यसो गरौ

सवारी ड्राइभिङ गर्दा आवश्यक परेको बेलामा वाइपर चलाउनु स्वाभाविकै हो ।...

प्रमोद कुमार भन्छन् – हेभी कमर्सियल भेइकलका लागि मकास नम्बर वान कम्पनी हो ।

प्रमोद कुमार भन्छन् – हेभी कमर्सियल भेइकलका लागि मकास नम्बर वान कम्पनी हो ।

प्रमोद कुमार केही समय पहिले काठमाडौंमा सम्पन्न ‘मकास मेकानिक्स मिट’ मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...