मारुती सुजुकीले इलेक्ट्रिक सवारी साधनका लागि सस्तो ब्याट्री निर्माण गर्ने
इलेक्ट्रिक सवारी साधनको मूल्य त्यसमा जडान गरिने ब्याट्रीबाट निर्धारण...
चीनमा मोबाइल फोन निर्माता कम्पनीले इलेक्ट्रिक कार निर्माण गर्ने चासो देखाइरहेका छन् । शाओमीले इलेक्ट्रिक कार निर्माण गर्ने घोषणा पछि हुवावे कम्पनी पनि ईभी क्षेत्रमा प्रवेश गर्ने भएको छ ।
हुवावेले सांघाई अटो शो २०२१ मा पहिलो इलेक्ट्रिक कार सिरिस हुवावे स्मार्ट सेलेक्सन एसएफ५ प्रदर्शन गरेको छ । सो इलेक्ट्रिक कार चीनको क्यालिफोर्निया इलेक्ट्रिक कार निर्माता कम्पनी सिरिसले डेभलप गरेको हो । चीनमा सो कार आगामी मे देखि बिक्री गरिनेछ ।
हुवावे एसएफ५ इलेक्ट्रिक कारमा २ इलेक्ट्रिक मोटर समावेश गरिएको छ । सो मोटरले ५५० पीएसको पावर र ८२० एनएमको टर्क जेनेरेट गर्छ । रिपोर्ट अनुसार सो बाइक फुल चार्जिङमा १००० किलोमिटरको रेन्ज प्रदान गर्छ । यद्यपि सो रेन्ज एक्सटेन्डको मदतले हासिल गर्न सकिन्छ । सो बाइकमा १.५ लिटर ४ सिलिन्डर इन्जिन समावेश गरिएको छ । सो कार ४.८६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्ने क्षमता रहेको छ ।
हुवावे एसएफ५ इलेक्ट्रिक कारमा क्याबिनको ड्यासबोर्डमा २ स्क्रिन समावेश गरिएको छ । एक स्क्रिन स्टेयरिङ ह्वीलको पछाडि र दोस्रो स्क्रिन सेन्टर कन्सोलमा समावेश गरिएको छ । सो कारमा भ्वाइस कन्ट्रोल जस्ता फिचर पनि समावेश गरिएको छ ।
कारमा हुवावे एपको एक सिरिज पनि समावेश गरिएको छ । कारको लम्बाई ४.७ मिटर, चौडाई १.९३ मिटर, उचाई १.६२५ मिटर र ह्वीलवेस २८७५ एमएम रहेको छ ।
सो कारको फ्रन्ट सिटमा भेन्टिलेसन, हिटिङ र मसाज जस्ता फङ्सन उपलब्ध रहेको छ । कम्पनीका अनुसार सो इलेक्ट्रिक कारमा राडार र अल्ट्रासोनिक सेन्सर पनि समावेश गरिएको छ । सो टेक्नोलोजीको मद्दतले ट्राफिक जामको स्थितिमा, ठक्कर दिने चेतावनी, अटो इमरजेन्सी ब्रेकिङ र लेन चेन्ज सिस्टम जस्ता फिचर रहेको छ । साथै इन्टेलिजेन्ट सिट कस्टमाइजेसन जस्ता फिचर पनि समावेश गरिएको छ ।
सो इलेक्ट्रिक कार ४ कलर डिप ओशन ब्लु, चारकोल ब्ल्याक, पर्ल ह्वाइट र टाइटेनियम सिल्भर ग्रे रङमा प्रस्तुत गरिएको छ । यसको साथै यसमा मिडनाइट ब्ल्याक, गार्नेट रेड र आइभरी ह्वाइट इन्टेरियर ट्रिम उपलब्ध रहेको छ ।
इलेक्ट्रिक सवारी साधनको मूल्य त्यसमा जडान गरिने ब्याट्रीबाट निर्धारण...
बुटवल – नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले...
काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...