प्युजो ई–लुडिक्सको ब्रान्ड एम्बेसडर बने टेनिस सुपरस्टार नोभाक जोकोभिक
महिन्द्रा ग्रुपको स्वामित्वमा रहेको प्युजो मोटरसाइकलले टेनिस सुपरस्टार...
चिनियाँ प्रविधि कम्पनी हुवावेले जीएससीसंग सहकार्य गरी नयाँ प्रिमियम कार सार्वजनिक गरेको छ । कम्पनीले बहु प्रतीक्षित बिद्युतिय कार मइस्ट्रो एस ८०० ईभी सार्वजनिक गरेको हो ।
चिनका दुई ठूला ब्रान्ड मिलेर बनाएको सो नयाँ कारले लक्जरी ब्रान्ड रोल्स रोयस र मर्सिडिज मेब्याकसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार एस ८०० हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी अलायन्स अन्तर्गतको सबैभन्दा महँगो मोडेल हो । यसको मूल्य १० लाखदेखि १५ लाख युआन (करिब एक करोड ८६ लाखदेखि दुई करोड ७९ लाख रुपैयाँ) हुने बताइएको छ । यो गाडी अहिले अग्रिम–बिक्रीका लागि खुला भइसकेको छ ।
सो नयाँ कार ५,४८० एमएम लामो, २,००० एमएम चौडा, १५३६ एमएम अग्लो छ भने ह्विलबेस ३,३७० एमएम छ । यो मोडेल लेभल थ्री इन्टेलिजेन्ट ड्राइभिङ आर्किटेक्चर अन्तर्गत डिजाइन गरिएको हो । ह्वावेको दोस्रो पुस्ताको ट्युलिङ इन्टेलिजेन्ट च्यासिसमा निर्माण भएको यो नै पहिलो मोडेल हो ।
कम्पनीले यस मोडेलका विस्तृत विवरणहरू अझै सार्वजनिक गरिसकेको छैन । बजारमा औपचारिक रूपमा कहिले सार्वजनिक हुन्छ भन्ने मिति पनि खुलाइको छैन ।
महिन्द्रा ग्रुपको स्वामित्वमा रहेको प्युजो मोटरसाइकलले टेनिस सुपरस्टार...
नेपाल विद्युतीय व्यवसायी महासंघले मंसिर २२ देखी २५ गतेसम्म ‘इलेक्ट्रो टेक...
थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...