नेटा कारको उत्पादन, वितरण र सर्भिसमा कुनै समस्या नहुने, नेपालमा असर नपर्ने दावी

काठमाडौं – इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्रान्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।

होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो । ‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन । नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ ।’ कम्पनीले नेटाका मूल्यवान ग्राहक र नेपाली पार्टनरलाई सम्बोधन गरेर लेखिएको पत्रमा स्पष्ट गरिएको छ ।

होजोन अटोले सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजन रुपमा वितरण भइरहेको जानकारी दिदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाको तर्फबाट आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा उपभोक्ताको बिक्री पछिको अनुभवलाई धेरै महत्व दिन्छौँ ।’ कम्पनीले भनेको छ ।

नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत बिक्री भएका गाडीहरुमा न्यूनतम १० बर्ष सम्म स्पेयर पार्ट्स उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाइनाले व्यक्त गरेको छ ।

नेपालका केही सञ्चार माध्यममा नेटा सम्वन्धी समाचार आए लगत्तै होजोन अटोले बिगतका समाचारहरुमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको हो । होजोन अटोले नेपालकै लागि विशेष रुपमा केन्द्रित गरेर सो विज्ञप्ति जारी गरेको छ ।

होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तीय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आर्थिक कठिनाइ झेलिरहेका कारण चीनको झेइजियाङस्थित नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द भएको र कर्मचारी समेत कटौती गर्ने समाचार सार्वजनिक भएसँगै नेपालमा समेत यसको असर पर्ने अनुमान गरिएको थियो । तर सो समाचारमा सत्यता नभएको र नेपाली बजारमा कुनै असर नपर्ने सीजी मोटर्सले प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

डिलरशिपमा पुग्यो ओला इलेक्ट्रिक मोटरसाइकल, छिट्टै विक्री थालिने

डिलरशिपमा पुग्यो ओला इलेक्ट्रिक मोटरसाइकल, छिट्टै विक्री थालिने

ओलाले हालै लन्च गरेको इलेक्ट्रिक मोटरसाइकल भरतका डिलरशिपमा पुग्न थालेको छ...

इलेक्ट्रिक स्कुटर खोज्नेका लागि उपयुक्त ब्रान्ड सेगवे नाइनबटका चार मोडल नेपालमा उपलब्ध (मूल्य सूची)

इलेक्ट्रिक स्कुटर खोज्नेका लागि उपयुक्त ब्रान्ड सेगवे नाइनबटका चार मोडल नेपालमा उपलब्ध (मूल्य सूची)

नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । ती मध्ये...

सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक 

सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक 

नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...