नेपालमा मोटर बिमाको अवस्था सुधारका लागि ६ सुझाव
नेपालमा सवारी साधन अर्थात मोटर बिमा बिस्तारमा अटो व्यवसायको महत्वपूर्ण...
काठमाडौं – इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्रान्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।
होजोन अटोले प्रेस विज्ञप्ति जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो । ‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन । नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ ।’ कम्पनीले नेटाका मूल्यवान ग्राहक र नेपाली पार्टनरलाई सम्बोधन गरेर लेखिएको पत्रमा स्पष्ट गरिएको छ ।
होजोन अटोले सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजन रुपमा वितरण भइरहेको जानकारी दिदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाको तर्फबाट आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा उपभोक्ताको बिक्री पछिको अनुभवलाई धेरै महत्व दिन्छौँ ।’ कम्पनीले भनेको छ ।
नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत बिक्री भएका गाडीहरुमा न्यूनतम १० बर्ष सम्म स्पेयर पार्ट्स उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाइनाले व्यक्त गरेको छ ।
नेपालका केही सञ्चार माध्यममा नेटा सम्वन्धी समाचार आए लगत्तै होजोन अटोले बिगतका समाचारहरुमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको हो । होजोन अटोले नेपालकै लागि विशेष रुपमा केन्द्रित गरेर सो विज्ञप्ति जारी गरेको छ ।
होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तीय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आर्थिक कठिनाइ झेलिरहेका कारण चीनको झेइजियाङस्थित नेटा ईभीको मुख्य कारखानामा उत्पादन बन्द भएको र कर्मचारी समेत कटौती गर्ने समाचार सार्वजनिक भएसँगै नेपालमा समेत यसको असर पर्ने अनुमान गरिएको थियो । तर सो समाचारमा सत्यता नभएको र नेपाली बजारमा कुनै असर नपर्ने सीजी मोटर्सले प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालमा सवारी साधन अर्थात मोटर बिमा बिस्तारमा अटो व्यवसायको महत्वपूर्ण...
राफ्ट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईएमई...
सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...