कस्तो रहला इभी एक्सपो-२०२२, २ दर्जन बढी व्रान्ड सहभागी हुने अनुमान

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलो पटक इभी एक्सपो आयोजना गर्न लागिरहेको छ । असोज ६ देखी ९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा अयोजना हुने यो एक्सपोलाई इभी पारखीले चासोका साथ हेरिरहेका छन् । एक्सपोमा २ दर्जन बढी टु ह्विलर एवं फोर ह्विलर ब्रान्डले सहभागीता जनाउने नाडाको अपेक्षा छ ।

फेस्टिवल सिजनलाई उन्मुख पारेर हरेक वर्ष अटो शो आयोजना गर्दै आइरहेको नाडाले यसपटक उक्त शो आयोजना गर्न नसक्ने परिस्थिती सिर्जना भएपछि यसको विकल्पमा इभी एक्सपो अयोजना गर्न लागेको हो । एक्सपोमा विद्युतिय कार, स्कुटर एवं मोटरसाइकल, थ्रि ह्विलर र कमर्सिय भेइकलले समेत सहभागीता जनाउने उसको अपेक्षा छ ।

पछिल्लो २ वर्षयता नेपालमा इलेक्ट्रिक भेइकलको माग र खपत दुवै वृद्धि भैरहेको छ । यस्ता साधनमा ग्राहकले रुची बढाउँदै लगेपछि आयतकर्ता कम्पनीले नयाँ नयाँ ब्रान्डलाई नेपाल भित्राउने क्रम समेत बढाइरहेका छन् । ग्राहकको रोजाइमा पर्न सफल कतिपय इभी ब्रान्डको माग वमोजिम आपूर्ती हुन नसकेका कारण अभावको अवस्था समेत झेल्नु परिरहेको छ ।

अर्कोतर्फ वैंक ताथा वित्तिय संस्थाले अटोलोनमा कडाई गरेका कारण सजिलै गाडी किन्न सकिने अबस्था समेत रहेको पाइदैन भने व्याजदर समेत निकै उच्च भैसकेको अबस्था छ । यस्तो परिस्थितीका कारण समग्र अटोमोवाइल वजार नै अहिले मन्दिको अबस्थाबाट गुज्रिनु परेको छ । यसका वाजजुत पनि नाडाले समग्र इलेक्ट्रिक भेइकललाई समेटी छुट्टै इभी एक्सपो आयोजना गर्दा यसले बजार र इभी पारखी दुवै पक्षलाई सकरात्मक सन्देश भने दिएको छ ।

यो एक्सपोमा नाडाले धेरैभन्दा धेरै ब्रान्डका इलेक्ट्रिक भेइकल एवं सोसंग जोडिएर आउने अन्य कम्पोनेन्टलाई समेत सहभागी गराउने योजना बनाएको छ । संघका अध्यक्ष ध्रुव थापाका अनुसार नेपाली बजारमा अहिले २६ ब्रान्डका टु ह्विलर र १२ ब्रान्डका फोर ह्विलर इभी बिक्री भैरहेका छन् । यी सवै ब्रान्डलाई सहभागी गराउन आफूहरुले पहल गरिरहेको उनले बताए । उनी भन्छन् ‘हाम्रो पहल सकेसम्म सवै ब्रान्डलाई सहभागी गराउने नै हो । यद्यपी केही व्रान्ड सहभागी नहुँदा पनि २ दर्जन बढी सहभागी हुने सुनिश्चित जस्तै देखिएको छ ।’

नाडाले पहिलोपटक यसप्रकारको एक्सपो अयोजना गर्न लागेका कारण ब्रान्डको संख्यासंगै दर्शकको उल्लेख्य सहभागितामा समेत जोड दिने उनले बताए । ‘बजारमा अहिले इभीको चर्चा जुन रुपमा चुलिँदै गएको छ, यस हिसावले पनि यो एक्सपोमा दर्शकहरुको सहभागिता उल्लेख्य हुने हामीले विश्वास लिएका छौ’ नेपाल अटोसंग उनले भने ।

मेलामा हुन्डाई, टाटा, निशान, विवाइडी, नेटा, टेस्ला, ग्रेटवाल ओरा, किया, एमजी, सिटी स्पिरिट, दिगो र डेरी लगायत अन्य बाँकी केही फोर ह्विलर ब्रान्ड सहभागी हुनसक्ने आँकलन गरिएको छ । यसैगरी टु ह्विलरमा प्योर इभी, लेभनिङ, सुपरसोको, ओकिनावा, टेलजी, दुहान, निउ, याडिया, कोमाकी, राफ्ट र वेला सहित नेपाली ब्रान्ड यात्रीले लगायतले सहभागिता जनाउने अनुमान गरिएको छ । एक्सपोमा सहभागी हुन भदौ १ देखी ५ गतेसम्म स्टल वुकिङ गराइसक्नु पर्ने नाडाले जनाएको छ ।

सम्बन्धित समाचारहरू

शुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड, थप छुट र अन्य सुविधा

शुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड, थप छुट र अन्य सुविधा

सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...

टाटाको ईभी ट्याक्सी किन्न सिद्धार्थ बैंकले कर्जा दिने

टाटाको ईभी ट्याक्सी किन्न सिद्धार्थ बैंकले कर्जा दिने

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक...

नेपाली बजारमा अब जिलीको ईएक्स५ ईभी, नाडा अटो शोमा विशेष अफर हुने

नेपाली बजारमा अब जिलीको ईएक्स५ ईभी, नाडा अटो शोमा विशेष अफर हुने

काठमाडौं– नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...