तपाईको सवारी साधनको गति कति ? बढी गतिमा चलाए यस्तो छ कानुनी व्यवस्था

तपाईले चलाउने मोटरसाइकल, स्कुटर वा अन्य सवारी साधनको गति कति हुनुपर्छ भन्ने कुरा थाहा छ कि छैन ? सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा यस सम्बन्धी व्यवस्था गरिएको छ ।

यस अनुसार कार, जिप, भ्यान र पिकअपको गति बढीमा ८० किलोमिटर प्रतिघण्टा हुनुपर्छ । त्यसैगरी टेम्पो, स्कुटर, पावर टिलर तथा ट्रयाक्टरको गति बढीमा ४० किलोमिटर प्रतिघण्टा हुनुपर्छ ।

त्यसैगरी मोटरसाइकलको गति बढीमा ५० किलोमिटर प्रतिघण्टा हुनुपर्छ । बस, मिनीबस, ट्रक, मिनी ट्रकको गति पहाडी बाटोमा बढीमा ५० र समतल बाटोमा बढीमा ७० किलोमिटर प्रतिघण्टा हुनुपर्छ ।

तर बाक्लो वस्ती भएको इलाकामा प्रतिघण्टा ४० किलोमिटर भन्दा बढी गतिमा कुनै पनि सवारी चलाउन पाइदैन ।

यातायात व्यवस्था विभागले यस्ता सवारी वाहेक अन्य सवारीको गति निर्धारण गर्न र गति निर्धारण गरिएका सवारीको हकमा भौगोलिक अवस्था र सडकको स्थिति समेत विचार गरी सवारीको गतिमा फेरबदल गर्न सक्ने छ ।

यसैगरी कुनै स्थानमा सवारीको गति सम्बन्धी सूचना वा संकेत उल्लेख गरिएको रहेछ भने त्यस्तो स्थानमा सोही सूचना वा संकेतमा उल्लेख भए बमोजिम सवारी चलाउनु पर्नेछ ।

दमकल, एम्बुलेन्स तथा विरामी लैजाने कामको सिलसिलामा चलाइएको सवारीको हकमा गति तोकिएको छैन । तर त्यस्तो सवारीले सडकमा हिड्ने बटुवा तथा अन्य सवारीलाई सचेत गर्नको निम्ति विशेष किसिमको ध्वनी तथा बत्तीको प्रयोग गर्नुपर्छ ।

जरिवाना
गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाएमा यातायात व्यवस्था कार्यालयमार्फत १ हजार रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ । ट्राफिक प्रहरीमार्फत यस्तो जरिवाना गरिने व्यवस्था छ ।

सम्बन्धित समाचारहरू

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ – काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि साताव्यापी...

केबलकार सञ्चालनमा आएसँगै मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

केबलकार सञ्चालनमा आएसँगै मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल...

चोरी भएका ५१ दुईपांग्रे सवारी साधन सम्बन्धित धनीले पाए, ट्राफिक प्रहरीसँग साटे खुसीयाली

चोरी भएका ५१ दुईपांग्रे सवारी साधन सम्बन्धित धनीले पाए, ट्राफिक प्रहरीसँग साटे खुसीयाली

काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...