एकै पटक २०० युनिट ट्रायम्फ मोटरसाइकल डेलिभरी
काठमाडौं – नेपाल भित्रिएको औपचारिक रुपमा घोषणा गरिएको केही समय पछि नै एकै...
धेरैले बाइकको डिजाइन, मोडल वा इन्जिन पावर देखेर बाइक खरिद गर्छन् तर पछि बाइक चलाउन कठिनाइ हुँदा पछुताउँछन् । आफ्नो उचाइ अनुसार सही बाइक नपाउँदा टाउको दुखाइ बन्न सक्छ । बाइकलाई कत्तिको राम्रोसँग नियन्त्रण गर्न सकिन्छ त्यो चालकको हाइटमा निर्भर गर्छ । यस्तो अवस्थामा आफ्नो हाइट अनुसार कति तौलको बाइक किन्नु पर्छ भन्ने जानकारी हुनु आवश्यक छ ।
बाइक चालकको हाइट ५ फिटदेखि ५.५ फिटको बीचमा छ भने ११०-१४० किलोग्रामसम्मको हल्का र सानो इन्जिन बाइक उत्तम हुन्छ । यो रेन्जको बाइक हल्का हुनुका साथै ट्राफिकमा ह्यान्डल गर्न पनि सजिलो हुन्छ । यति हाइट भएका बाइक चालकले १०० सीसीदेखि १५० सीसी रेन्जको बाइक सजिलै ह्यान्डल गर्न सकिन्छ । यसको लागि हिरो स्प्लेन्डर, ग्लामर, होन्डा शाइन, टीभीएस अपाचे १६० र बजाज पल्सर१५० जस्ता बाइक राम्रो विकल्प हुन सक्छ ।
५.६ देखि ५.१० फिटसम्मको हाइट भएका चालकहरुलाई १३० देखि १६० किलोग्राम तौलको बाइक चलाउन सजिलो हुन्छ । उनीहरुको लागि १५० सीसी देखि २०० सीसी इन्जिन भएका बाइक यामाहा एफजेड, बजाज पल्सर एनएस२००, पल्सर आरएस २००, होन्डा होर्नेट २.० र हिरो एक्सट्रीम १६०आर जस्ता बाइक राम्रो विकल्प हुन सक्छ ।
यदि बाइक चालकको हाइट ५.१ फिट भन्दा बढी छ भने १५० देखि २०० किलोग्राम बीचको बाइक राम्रो हुन्छ । उनीहरुका लागि २०० सीसी देखि ४०० सीसीसम्मको भारी र ठुला बाइक चलाउन सकिन्छ । यसको लागि रोयल इन्फिल्ड क्लासिक ३५०, केटीएम ड्युक ३९०, बजाज डोमिनार ४९९ जस्ता शक्तिशाली र ठुला इन्जिन बाइक खरिद गर्नुपर्छ ।
यदि चालकको हाइट कम छ भने भारी बाइक चलाउँदा सन्तुलन गर्न गाह्रो हुन सक्छ । बाइकको तौल र उचाइले पनि चालकलाइ असर गर्छ । आफ्नो हाइट अनुसार सही तौलका बाइकमा सजिलै भुइँमा खुट्टा राख्न सकिन्छ । यदि चालकको हाइट बढी छ र बाइक हल्का छ भने लामो यात्रामा अस्थिर हुन सक्छ । आफ्नो हाइट अनुसार सही तौलको बाइक छनोट गर्नाले चालकलाई राम्रो सन्तुलन, आराम र ड्राइभिङ अनुभव दिन्छ ।
काठमाडौं – नेपाल भित्रिएको औपचारिक रुपमा घोषणा गरिएको केही समय पछि नै एकै...
काठमाडौं – नेपाली बजारमा नयाँ -याप्टर ब्रान्डको एड्भेन्चर डर्ट बाइक...
उहिले यो बीएसए बाइक (BSA bike) को सान नै अर्कै थियो । बाइकको अगाडि हावा छेक्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...