नेपाली सडकमा अब ५०० बढी नामी ईभी
काठमाडौं – डोङफेङ नामी, बिग ह्याच विद फाइभ–स्टार लक्जरीले नेपालको सडकमा...
नेपाली बजारमा हर्विन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल सीआर६ भित्रिने भएको छ । केही समय पहिले नेपाली बजारमा हेनरी इलेक्ट्रिक मिनी कार उपलब्ध गराइरहेको पायोनियर वर्ल्डवाइड प्रालिले सो मोटरसाइकल उपलब्ध गराउने तयारी भइरहेको बताएको छ । आगामी दसैं भन्दा पहिले नै यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।
युरोपको नम्बर वान दावी गरिएको ब्रान्ड हर्विन युरोपको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा लिडिङ ब्रान्ड मानिन्छ । एसिया र साउथ अमेरिकामा समेत यो ब्रान्ड विस्तार भइरहेको छ । सन् २०१७ यता युरोपमा मात्र ३ सय भन्दा बढी सेल्स पार्टनर भएको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल सीआर६ उपलब्ध हुनेछ । यसमा ४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध हुनेछ । यसले ५.३ किलोवाट पावर र २६० एनएम टर्क जेनेरेट गर्छ । सो बाइक ६ सेकेन्डमै ९५ किलोवाट प्रतिघण्टा सम्मको गतिमा जान सक्छ ।
हर्विन सीआर६ मा एलईडी हेडलाइट, राउन्ड एन्ड क्लासिक इन्स्ट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री, एन्टी–थेफ्ट वार्निङ सिस्टम र सीबीएस डिस्क ब्रेक जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन् ।
यसमा भएको ब्याट्री ३ घण्टा चार्ज गर्दा २० देखि शतप्रतिशत सम्म चार्ज हुन सक्छ । १६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो इलेक्ट्रिक मोटरसाइकलको मूल्य अहिले तोकिएको छैन । यद्यपि यसको मूल्य ७ लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ ।
कम्पनीले हर्विन एसके३ र ईके१ गरी दुई मोडलका इलेक्ट्रिक स्कुटर समेत बिक्रीका लागि उपलब्ध गराउने बताएको छ ।
काठमाडौं – डोङफेङ नामी, बिग ह्याच विद फाइभ–स्टार लक्जरीले नेपालको सडकमा...
काठमाडाै- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं – चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्त सम्म नेपालमा ५ हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...