युरोपियन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल भित्रिदै नेपाल

नेपाली बजारमा हर्विन ब्रान्डको इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल सीआर६ भित्रिने भएको छ । केही समय पहिले नेपाली बजारमा हेनरी इलेक्ट्रिक मिनी कार उपलब्ध गराइरहेको पायोनियर वर्ल्डवाइड प्रालिले सो मोटरसाइकल उपलब्ध गराउने तयारी भइरहेको बताएको छ । आगामी दसैं भन्दा पहिले नै यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

युरोपको नम्बर वान दावी गरिएको ब्रान्ड हर्विन युरोपको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा लिडिङ ब्रान्ड मानिन्छ । एसिया र साउथ अमेरिकामा समेत यो ब्रान्ड विस्तार भइरहेको छ । सन् २०१७ यता युरोपमा मात्र ३ सय भन्दा बढी सेल्स पार्टनर भएको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा इलेक्ट्रिक रेट्रो नेकेड मोटरसाइकल सीआर६ उपलब्ध हुनेछ । यसमा ४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध हुनेछ । यसले ५.३ किलोवाट पावर र २६० एनएम टर्क जेनेरेट गर्छ । सो बाइक ६ सेकेन्डमै ९५ किलोवाट प्रतिघण्टा सम्मको गतिमा जान सक्छ ।

हर्विन सीआर६ मा एलईडी हेडलाइट, राउन्ड एन्ड क्लासिक इन्स्ट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री, एन्टी–थेफ्ट वार्निङ सिस्टम र सीबीएस डिस्क ब्रेक जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन् ।

यसमा भएको ब्याट्री ३ घण्टा चार्ज गर्दा २० देखि शतप्रतिशत सम्म चार्ज हुन सक्छ । १६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो इलेक्ट्रिक मोटरसाइकलको मूल्य अहिले तोकिएको छैन । यद्यपि यसको मूल्य ७ लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ ।

कम्पनीले हर्विन एसके३ र ईके१ गरी दुई मोडलका इलेक्ट्रिक स्कुटर समेत बिक्रीका लागि उपलब्ध गराउने बताएको छ ।

सम्बन्धित समाचारहरू

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

३० मिनेट चार्जमा ५०० किमी रेन्जसहितको टाटाको नयाँ इलेक्ट्रिक कार

टाटा मोटर्सले नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित नयाँ कन्सेप्ट कार...

२५ हजारसम्म नगद छुटमा कोमाकी व्राण्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

२५ हजारसम्म नगद छुटमा कोमाकी व्राण्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

कोमाकी इभीले नगद छुट र अन्य सुविधा राखेर विन्टर अफर ल्याएको छ । सो अफर...

५२२ किमी रेन्ज दिने बीवाईडी ई६ को खुल्यो बुकिङ : दशैं अफरमा १ लाख छुट र निःशुल्क एसी चार्जर

५२२ किमी रेन्ज दिने बीवाईडी ई६ को खुल्यो बुकिङ : दशैं अफरमा १ लाख छुट र निःशुल्क एसी चार्जर

काठमाडौं – नेपाली बजारमा हालै बिक्रीका लागि उपलब्ध बीवाईडीको इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...