ट्राफिक प्रहरीले बुझायो निषेधाज्ञामा भेटिएका ३३ मोटरसाइकल : चोरको आँखामा पल्सर
काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...
होन्डाले आफ्नो चौथो पुस्ताको होन्डा पासपोर्ट एसयूभी विश्व बजारमा ल्याएको छ । नयाँ होन्डा पासपोर्ट हालको मोडल भन्दा अलि ठुलो छ। यसको लुक पहिलेको भन्दा धेरै सीधा र बलियो बनाइएको छ। साथै यसलाई पहिलेभन्दा धेरै अफ-रोडिङ बनाइएको छ ।
नयाँ पासपोर्ट एसयूभीलाई अघिल्लो मोडलको तुलनामा राम्रो लुक दिइएको छ । यसको अगाडि ठुला र बक्सी आकारको हेडल्याम्प, फराकिलो हुड स्कूपसहितको फ्ल्याट क्ल्यामसेल हुड, कन्ट्रास्टिङ ब्ल्याक र दुई वटा स्लेटसहितको स्ट्रेट ग्रिल समावेश गरिएको छ। साथै अगाडिको बम्परको माथि फराकिलो एयर ड्याम प्रदान गरिएको छ ।
यसको साइड प्यानलमा फ्लेयर फन्डर, ह्विल आर्च वरिपरि प्लास्टिक क्ल्याडिङ र कन्ट्रास्टिङ ब्ल्याक डोर ह्यान्डल दिइएको छ । नयाँ पासपोर्टको ग्राउण्ड क्लियरेन्स अघिल्लो मोडलको भन्दा बढी छ । यसमा ३१ इन्च ठुला टायरसहित १८ इन्च अलोय ह्विल छ । पछाडि र्याप अराउन्ड विन्डस्क्रिन, रेजिष्ट्रेसन प्लेट हाउसिङको माथि कालो कन्ट्रास्टिङ ट्रिम र फक्स सिल्भर स्किड प्लेट दिइएको छ ।
नयाँ होन्डा पासपोर्टको इन्टेरियर अघिल्लो मोडल जस्तै राखिएको छ । यो ५ सिटर एसयूभीमा ड्यासबोर्डका लागि सबै कालो थिम दिइएको छ । यसमा १२.४ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ । साथै यसमा ड्युअल जोन क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामेरा र एडीएएस जस्ता फिचर उपलब्ध गराइएको छ ।
नयाँ होन्डा पासपोर्टमा ३.५ लिटरको भि६ पेट्रोल इन्जिन छ, जसले २८५ एचपी पावर जेनेरेट गर्छ। यसको इन्जिन १० स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ।
काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...
होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...
काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...