होन्डाको नयाँ इलेक्ट्रिक स्कुटर भारतका लागि तयार हुँदै

होन्डाले भारतको इलेक्ट्रिक दुईपाङ्ग्रे बजारका लागि नयाँ इलेक्ट्रिक स्कुटर विकास गरिरहेको छ । यसले टीभीएस आइक्युब, बजाज चेतक र एथर रिजस्ता लोकप्रिय ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखिएको छ । कम्पनीले लागत घटाउन यस स्कुटरमा उच्च मात्रामा स्थानीय रूपमा उत्पादन गरिएका पार्टपुर्जाहरू प्रयोग गर्ने तयारी गरेको छ।

होन्डाले फेब्रुअरी २०२५ मा एक्टिभा ई र क्यूसी१ इलेक्ट्रिक स्कुटर लन्च गर्दै ईभी बजारमा प्रवेश गरेको थियो। तर अपेक्षाअनुसार बिक्री नबढेपछि केही महिनामै दुवै मोडलको उत्पादन अस्थायी रूपमा रोक्नुपरेको थियो। यी दुवै स्कुटर होन्डाका विश्वव्यापी मोडलमा आधारित थिए, जसलाई भारतीय बजारअनुसार परिमार्जन गरिएको थियो।

अब विकास भइरहेको नयाँ होन्डा इलेक्ट्रिक स्कुटर भने पूर्ण रूपमा भारतमै डिजाइन र विकास गरिनेछ। यसले अघिल्ला मोडलभन्दा फरक पहिचान पाउने र एक्टिभा ई तथा क्यूसी१ मा देखिएका कमजोरीहरू सुधार्ने कम्पनीको उद्देश्य रहेको छ।

होन्डा एक्टिभा ई भारतको एक मात्र इलेक्ट्रिक स्कुटर थियो जसमा घरमा चार्ज गर्ने सुविधा उपलब्ध थिएन। जसका कारणा यसले निकै आलोचना खेप्नु परेको थियो । होन्डाको ब्याट्री स्वापिङ स्टेशनमा निर्भर हुनुपर्थ्यो । साथै, एक्टिभा ई मा बुट स्पेस पनि कम थियो । यसको मूल्य पनि तुलनात्मक रूपमा उच्च थियो ।

तर अब भारतका लागि विकास भइरहेको नयाँ होन्डा इलेक्ट्रिक स्कुटरले यी सबै कमजोरीहरू समाधान गर्ने अपेक्षा गरिएको छ। यसमा ठूलो बुट स्पेस, राम्रो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ समय र प्रतिस्पर्धी ब्रान्डसरह आधुनिक सुविधाहरू उपलब्ध गराइने अनुमान गरिएको छ। स्थानीय उत्पादनका कारण यसको मूल्य पनि प्रतिस्पर्धी हुने अपेक्षा गरिएको छ। नयाँ होन्डा इलेक्ट्रिक स्कुटर २०२६ को अन्त्यसम्म भारतमा लन्च हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डाको भी३ इन्जिन थप परिस्कृत भएर आउने

होन्डाको भी३ इन्जिन थप परिस्कृत भएर आउने

होन्डाले आफ्नो उच्च सिसी मोटरसाइकलका लागि नयाँ इन्जिन विकासको घोषणा गरेको...

क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

होन्डाले ३५० सिसी लाइनअपमा नयाँ मोटरसाइकल थप गरेको छ । सिबी ३५० नामले आएको...

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

होन्डाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...