४ लाख बढेर आयो होन्डा सिआरएफ ३०० एल
काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले नोभेम्बर २७ मा आफ्नो एक्टिभा इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । कम्पनीले एक्टिभा ईभीको टिजर पनि सार्वजनिक गरेको छ, जसमा यसको इलेक्ट्रिक मोटर, पछाडिको टायर र लामो सिटको डिजाइन देख्न सकिन्छ। यो होन्डाको पहिलो इलेक्ट्रिक टु ह्विलर पनि हुनेछ।
होन्डा एक्टिभा ईभीको नयाँ टिजरमा इलेक्ट्रिक मोटर देखाइएको छ, जसमा होन्डाको लोगो ब्रान्डिङ गरिएको छ । एक्टिभा इलेक्ट्रिकले आफ्नो सेगमेन्टमा आफूलाई बलियो प्रतिस्पर्धीको रुपमा स्थापित गर्न सक्छ । टिजरमा लामो सिट पनि देखाएको छ, जसले चालक र यात्रु दुबैले सहज अनुभव पाउने देखिन्छ । जसका कारण एक्टिभा इलेक्ट्रिक परिवार र दैनिक काम गर्ने व्यक्तिको लागि धेरै उपयोगी हुनेछ।
टिजरमा एक्टिभा इलेक्ट्रिकमा ड्युअल स्व्याप गर्न सकिने मोबाइल पावर प्याक देख्न सकिन्छ, जसका कारण यसको रेन्ज १०० किलोमिटरभन्दा बढी हुन सक्ने अपेक्षा गरिएको छ । यसको अघिल्लो टिजरमा एलईडी हेडलाइट र ओभर-द-एयर अपडेट र राइडरलाई नजिकैको चार्जिङ स्टेशनमा मार्गदर्शन गर्न निर्मित नेभिगेसन जस्ता कनेक्टिभिटी विकल्प देखेको थियो ।
होन्डा एक्टिभा इलेक्ट्रिकमा ५ इन्चको इन्स्ट्रयुमेन्ट कन्सोल र ७ इन्चको ठुलो टीएफटी कन्सोल देख्न सकिन्छ। यसमा कल/एसएमएस अलर्ट, नेभिगेसन र म्युजिक कन्ट्रोल फिचर पनि देख्न सकिन्छ। साथै युएसबी सी चार्जिङ पोर्ट र तीन राइड मोड स्ट्यान्डर्ड, स्पोर्ट र इकोका साथै रिभर्स मोड पनि देख्न सकिन्छ ।
यसले ओला एस१, टीभीएस आईक्युब, हिरो भीडा भी१, बजाज चेतक ईभी र एथर इनर्जीसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको...
काठमाडौं- बागमती प्रदेश सरकारले साउन १ बाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै सबै...
होन्डाले भारतमा उत्पादन गरेको एसयभुी एलिभेटलाई जापानमा निर्यात गर्न सुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...