होन्डा एक्टिभा इलेक्ट्रिक नोभेम्बर २७ मा लन्च हुँदै, टिजर सार्वजनिक

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले नोभेम्बर २७ मा आफ्नो एक्टिभा इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । कम्पनीले एक्टिभा ईभीको टिजर पनि सार्वजनिक गरेको छ, जसमा यसको इलेक्ट्रिक मोटर, पछाडिको टायर र लामो सिटको डिजाइन देख्न सकिन्छ। यो होन्डाको पहिलो इलेक्ट्रिक टु ह्विलर पनि हुनेछ।

होन्डा एक्टिभा ईभीको नयाँ टिजरमा इलेक्ट्रिक मोटर देखाइएको छ, जसमा होन्डाको लोगो ब्रान्डिङ गरिएको छ । एक्टिभा इलेक्ट्रिकले आफ्नो सेगमेन्टमा आफूलाई बलियो प्रतिस्पर्धीको रुपमा स्थापित गर्न सक्छ । टिजरमा लामो सिट पनि देखाएको छ, जसले चालक र यात्रु दुबैले सहज अनुभव पाउने देखिन्छ । जसका कारण एक्टिभा इलेक्ट्रिक परिवार र दैनिक काम गर्ने व्यक्तिको लागि धेरै उपयोगी हुनेछ।

टिजरमा एक्टिभा इलेक्ट्रिकमा ड्युअल स्व्याप गर्न सकिने मोबाइल पावर प्याक देख्न सकिन्छ, जसका कारण यसको रेन्ज १०० किलोमिटरभन्दा बढी हुन सक्ने अपेक्षा गरिएको छ । यसको अघिल्लो टिजरमा एलईडी हेडलाइट र ओभर-द-एयर अपडेट र राइडरलाई नजिकैको चार्जिङ स्टेशनमा मार्गदर्शन गर्न निर्मित नेभिगेसन जस्ता कनेक्टिभिटी विकल्प देखेको थियो ।

होन्डा एक्टिभा इलेक्ट्रिकमा ५ इन्चको इन्स्ट्रयुमेन्ट कन्सोल र ७ इन्चको ठुलो टीएफटी कन्सोल देख्न सकिन्छ। यसमा कल/एसएमएस अलर्ट, नेभिगेसन र म्युजिक कन्ट्रोल फिचर पनि देख्न सकिन्छ। साथै युएसबी सी चार्जिङ पोर्ट र तीन राइड मोड स्ट्यान्डर्ड, स्पोर्ट र इकोका साथै रिभर्स मोड पनि देख्न सकिन्छ ।

यसले ओला एस१, टीभीएस आईक्युब, हिरो भीडा भी१, बजाज चेतक ईभी र एथर इनर्जीसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

१००० सीसी सुपर स्पोर्ट्स मोटरसाइकलमा कोरला नाका पुगे सौरभ ज्योति, बन्यो रेकर्ड

१००० सीसी सुपर स्पोर्ट्स मोटरसाइकलमा कोरला नाका पुगे सौरभ ज्योति, बन्यो रेकर्ड

काठमाडौं – प्रसिद्ध अटोमोबाइल व्यवसायी एवं मोटरसाइकल सौखिन सौरभ ज्योति...

चंगा उड्छ फरर, होन्डा कारमा सरर : होन्डा कारमा आयो दशै अफर

चंगा उड्छ फरर, होन्डा कारमा सरर : होन्डा कारमा आयो दशै अफर

काठमाडौं – नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...