हिरो स्प्लेन्डरसंग प्रतिस्पर्धा गर्न होण्डाले १०० सीसीको नयाँ मोटरसाइकल ल्याउने
जापनिज टु ह्विलर निर्माता होण्डाले भारतीय बजारमा १०० सिसीको नयाँ...
१५० सिसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेको २ लोकप्रिय मोटरसाइकल होन्डा युनिकर्न र पल्सर १५० को मूल्य समान तोकिएको छ । सरकारले ल्याएको प्रतिस्थापन बिधेयकको असर स्वरुप होन्डाले युनिकर्नमा एकैपटक २० हजार रुपैयाँ बढाएपछि यी दुई बाइकको मूल्य समान भएको हो । यी दुबै बाइकको मूल्य अहिले २ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यसअघि २ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको युनिकर्नको मूल्य बढेको छ भने बाजज पल्सर १५० को ट्विन डिस्क मोडलको मूल्य पहिलेदेखीनै २ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबर भैरहेको छ । पल्सर १५० को अर्को मोडल अर्थात सिंगल डिस्कलाई भने २ लाख ७४ हजार ९ सय रुपैयाँमै खरिद गर्न सकिन्छ । नेपालमै एसेम्बल गरिने हुँदा पल्सर १५० को मूल्य तत्काल बढ्ने देखिदैन । एसेम्बल किट आयतमा अन्तशुल्क छुटका कारण पल्सर पुरानै मूल्यमा कारोबार भइरहेको छ ।
यी दुबै बाइकमा १५० सिसी क्षमताको इन्जिन जडान गरिएको छ । जसमध्ये युनिकर्नको अधिकतम पावर १२.७३ बिएचपी र पल्सर १५० को पावर १५ बिएचपी रहेको छ । पावरको तुलना गर्दा युनिकर्न भन्दा पल्सर मजवुत देखिएपनि टर्क भने युनिकर्नको केही मात्रामा बढी छ । युनिकर्नले १२.८ एनएम टर्क जेनेरेट गर्दा पल्सरले जम्मा १२ एनएममात्र टर्क जेनेरेट गर्ने देखिन्छ ।
यी दुबै बाइक बिएस ४ मापदण्डका हुन् । जसमध्ये पल्सर १५० ले ४४ किलोमिटर माइलेज दिने दाबी गरिएको छ भने युनिकर्नले यो सेग्मेन्टकै उत्कृष्ट अर्थात ५० किलोमिटर माइलेज दिने दाबी छ । युनिकर्नको तुलनामा पल्सर बढी स्पोर्टी देखिने कारण युवाहरुको रोजाइमा पर्दै आइरहेको छ भने युनिकर्नले फेमिली मोटरसाइकलको पहिचान बनाएको छ ।
जापनिज टु ह्विलर निर्माता होण्डाले भारतीय बजारमा १०० सिसीको नयाँ...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले भारतीय बजारमा ३५० सीसी...
होन्डाको लोकप्रिय स्कुटर डिओ १२५ सीसी इन्जिनमा आएको छ । होन्डाले आज भारतमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...